फिफा क्लब वर्ल्ड कपः चेल्सी र पाल्मेरास क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250629-WA0058

फिलाडेल्फिया: फिफा क्लब वर्ल्ड कपमा ईंग्लिश प्रीमियर लीग क्लब चेल्सी र ब्राजीलको क्लब पाल्मेरासले क्वार्टर फाइनलमा स्थान बनायो। चेल्सीले चरम रोमाञ्चक म्याचमा पोर्तुगलको क्लब बेनफिकाविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। म्याचको फसेला अतिरिक्त समयको खेलमा भयो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। ब्यांक अव् अमेरिका स्टेडियममा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीलाई रीस जेम्सले ६४औं मिनटमा बढ़त दिलाए। म्याचमा एक समय चेल्सीको जीत निश्चित लागिरहेको थियो तर बेनफिकाले पनि इञ्ज्युरी टाइमको समयमा गोल हासिल गरी स्कोर १-१-को बराबरीमा पुऱ्यायो। पोर्तुगीच टीमको निम्ति दिग्गज एञ्जेल डी मारियाले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा पेनल्टीबाट गोल गरे। यसरी नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहँदा अतिरिक्त समयको खेल भयो, जसमा बेनफिकालाई शुरुमै धक्का लाग्यो। गियानलुका प्रेस्टियानीले ९२औं मिनटमा रेड कार्ड देखेर मैदान छोड़्नु पऱ्यो। विपक्षी टीम १० जना खेलाड़ीमा सीमित भएको मौकालाई काममा लगाएर चेल्सीले अतिरिक्त समयकमा 3 गोल गरी म्याच जित्यो। चेल्सीबाट क्रिस्टोफर एकुंकुले १०८औं, पेड्रो नेटोले ११४औं र किएरनान डिउसबुरी-हलले ११७औं मिनटमा गोल गरे।
यसरी अन्य एउटा म्याचमा ब्राजीलको क्लब पाल्मेरासले आफ्नै देशको टीम बोटाफोगोलाई १-०-ले पराजित गऱ्यो। लिंकन्स फिनान्सियल फील्डमा खेलिएको यस म्याचमा पनि दुई टीमबीच रोमाञ्चक लड़ाइँ भयो अनि नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अतिरिक्त समयको खेलमा चाहिँ पाल्मेरासले निर्णायक गोल हासिल गऱ्यो। पाउलिन्होले १००औं मिनटमा गोल गरी आफ्नो टीमलाई जीत दिलाए। म्याचको ११६औं मिनटमा पाल्मेरासका फूटबलर गुस्तावो गोमेजले रेड कार्ड देखे पनि बोटाफोगोले मौकालाई काममा लगाउन सकेन। अब ५ जुलाईमा हुने दोस्रो क्वार्टर फाइनलमा चेल्सी र पाल्मेरासबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement