ईंग्ल्याण्डविरुद्ध स्मृति मन्धनाको रेकर्ड शतक

IMG-20250629-WA0056

नटिंघम: भारतीय महिला टीमकी स्टार ब्याटर स्मृति मन्धनाले ईंग्ल्याण्डविरुद्ध खेलिएको पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा असाधारण शतकको साथ रेकर्डहरूको वर्षा गरिन्। म्याचमा मन्धनाले ६२ बल खेलेर १५ वटा चौका र ३ वटा छक्काको साथ ११२ रन बनाइन्। यसैको फलस्वरूप भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर २१० रनको विशाल स्कोर बनायो। जवाफमा ईंग्ल्याण्डको टीम १४.५ ओभरमा ११३ रन बनाएर अल आउट हुँदा भारत ९७ रनले विजयी भयो। नटिंघममा खेलिएको यस म्याचमा मन्धनाले नियमित कप्तान हरमनप्रीत कौरकी अनुपस्थितिमा टीमको कप्तानी पनि गरिरहेकी थिइन्। अभ्यास सत्रको अवधि शीरमा लागेको चोटले गर्दा हरमनप्रीतले पहिलो टी२० म्याचमा हिस्सा लिइनन्। कप्तान मन्धनाले टस जितेर म्याचमा पहिला ब्याटिंग गर्ने फसेला गरिन्। मन्धनाले शेफाली वर्मासँग मिलेर टीमलाई असल शुरुवात दिलाइन्। मन्धनालाई शुरुदेखि नै फर्ममा देखियो भने शेफालीले चाहिँ रनको निम्ति सामान्य संघर्ष गर्नु पऱ्यो।
मन्धना क्रिकेटको तीनैवटा प्रारूपमा शतक बनाउने पहिलो भारतीय महिला क्रिकेटर बनिन्। उनले २०१६-मा अष्ट्रेलियाविरुद्ध वनडेमा १०६ रन बनाएकी थिइन्। यसरी टेस्टमा उनले २०२१-मा अष्ट्रेलियाविरुद्ध १२७ रन बनाएकी थिइन्। यसपाली उनले टी२० क्रिकेटमा पनि ईंग्ल्याण्डविरुद्ध म्याचको साथ शतकको खाता खोलिन्। महिला क्रिकेटमा मन्धना तीनैवटा प्रारूपमा शतक बनाउने समग्रमा पाँचौं खेलाड़ी हुन्। मन्धना अघि बेथ मूनी, लौरा वोलवार्ट, हीदर नाइट र टेमी ब्यूमोण्टलले तीनैवटा प्रारूपमा शतक बनाइसकेकी छन्। ईंग्ल्याण्डविरुद्ध शतकको साथै मन्धना रोहित शर्मा र विराट कोहली जस्ता पुरुष क्रिकेटहरूका विशेष क्लबमा पनि सामेल भए। पुरुष र महिला क्रिकेट मिलाएर अहिलेसम्म ६ जना भारतीय ब्याटरले तीनैवटा प्रारूपमा शतक बनाएका छन्। यस सूचीमा सुरेश रैना, कोहली, रोहित, केएल राहुल र शुभमन गिल पनि सामेल छन्।
मन्धना महिला टी२० इण्टरनेशनल क्रिकेटमा शतक बनाउने दोस्रो भारतीय महिला क्रिकेटर हुन्। मन्धनाले ५१ बलमा आफ्नो शतक पूरा गरिन्। यसको साथै उनी नियमित कप्तान हरमनप्रीत कौरपछि खेलको सबैभन्दा छोटो प्रारूपमा शतक बनाउने दोस्रो भारतीय महिला क्रिकेटर बनिन्। ईंग्ल्याण्डविरुद्ध म्याचमा मन्धना र शेफालीले मिलेर पहिलो विकेटको निम्ति ७७ रनको पार्टनरशीप गरिन्। यसरी यी दुईको ओपनिंग जोड़ीले २१औं पल्ट ५० भन्दा अधिक रनको पार्टनरशीप गऱ्यो। यी दुईबाहेक अन्य कुनै पनि ओपनिंग जोड़ीले यति धेर ५० भन्दा अधिकको ओपनिंग पार्टनरशीप गर्न सकेको छैन। भारतीय जोड़ीले अष्ट्रेलियाकी एलिसा हिली र बेथ मूनीकी रेकर्ड तोड़िन्, जसले २० पल्ट ५० भन्दा अधिक रनको ओपनिंग पार्टनरशीप गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement