झापा सुपर कप इजरायल–२०२५ आयोजना हुने

IMG-20250628-WA0113

झापा: झापा सुपर कप इजरायल हुने भएको छ। इजरायलमा रहेका नेपालीभाषी समुदायलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने लक्ष्यसहित झापा सुपर कप इजरायल–२०२५ हुने भएको हो।
इजरायलमा पत्रकार सम्मेलन गर्दै आयोजक क्लब झापा एफसी इजरायलका संस्थापक अध्यक्ष खेमराज जम्मर कट्टेलले प्रतियोगिताको टाइटल स्पोन्सर झापाली समाज इजरायलको तर्फबाट अध्यक्ष मुना अधिकारीबाट च्याम्पियन ट्रफी तथा पहिलो पुरस्कार आयोजकलाई हस्तान्तरण गरिएको जानकारी दिए।
पत्रकार सम्मेलनमा कप र मेडलको सार्वजनिक, खेल तालिका र प्रतियोगिता सञ्चालनका नियमबारे जानकारी गराइएको छ। प्रतियोगिता जुलाई १८, २०२५ मा आयोजना हुने छ।
प्रतियोगितामा इजरायलमा सक्रिय ८ वटा नेपाली भाषी फुटबल क्लब सहभागी हुनेछन्। जसमा झापा एफसी इजरायल, कायापलट एफसी, केवाईसी एफसी, राईजिङ स्टार एफसी, मनिपुर गोरखा एफसी, सेभेन स्टार हाईफा, युनाइटेड दार्जिलिङ र लायन तेलअविव एफसी रहेका छन्।
प्रतियोगिताको विजेता टिमलाई १० हजार ५ सय सेकल झण्डै नेपाली ४ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ भने दोस्रो हुने टिमले ५ हजार ५ सय (नेपाली २ लाख ५० हजार रुपैयाँ)सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, टप स्कोरर, एमभिपि, राईजिङ स्टार लगायत विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिने छन्।
खेलकुदको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै झापा एफसी इजरायलले इजरायलमा स्थापित गोरखा क्रिकेट क्लबका संस्थापक अध्यक्ष राजु रिजाललाई १५ सेट जर्सी हस्तान्तरण पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement