ईरानले अमेरिकालाई ‘कडा थप्पड’ हान्याे: सर्वाेच्च नेता खामेनेई

IMG-20250626-WA0098

कोलकता: इजरायलको युद्धमा युद्धविराम घोषणा भएपछि ईरानका सर्वोच्च नेताले पहिलो सार्वजनिक बयान दिनुभएको छ। ईरानी सर्वाेच्च नेता आयतोल्लाह अली खामेनेईले राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकालाई कडा थप्पड हानेको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ।
खामेनेईले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा इरानले इजरायलमाथि विजय हासिल गरेको दाबी गर्नुभएको छ । उहाँले अमेरिकाले यस युद्धबाट कुनै उपलब्धि हासिल नगरेको भन्दै ईरान विजयी भएको बताउनुभएको हो । इजरायललाई बचाउन अमेरिका प्रत्यक्ष युद्धमा होमिएकाे उहाँकाे भनाइ छ ।
ईरानी सर्वाेच्च नेता खामेनेईले ईरानी नागरिकको एकताको पनि प्रशंसा गर्नुभएको छ । इजरायलसँगको युद्ध शुरू भएपछि उहाँ एक हप्ताभन्दा धेरै समयदेखि सार्वजनिक रूपमा देखिनुभएको थिएन।
दुई हप्ताअघि इजरायलले इरानमाथि हवाई आक्रमण शुरू गरेपछि दुई देशबीच युद्ध शुरू भएको थियो। युद्धको १०औं दिनमा ईरानी परमाणु भट्टीमा आक्रमण गर्दै अमेरिका पनि युद्धमा सहभागी भएको थियो।
ईरानले अमेरिकी आक्रमणको भोलिपल्ट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गर्‍याे। ईरानको जवाफी आक्रमणपछि अब युद्ध तीव्र रूपमा फैलने र कतिपयले तेस्रो विश्वयुद्धको शुरुआत भन्दै गर्दा युद्ध नाटकीय रूपमा रोकियो।
युद्ध शुरू भएको १२ दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेको केही घण्टापछि दुवै देशले युद्धविराम स्वीकार गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement