नयाँ दिल्ली: भारतका टी२० कप्तान सूर्यकुमार यादवको जर्मनीको म्युनिखस्थित एउटा अस्पतालमा पेटको दाहिने तर्फ “खेल हर्निया” को सफल शल्यक्रिया (अपरेशन) भयो। ३४ वर्षीय यादवले बुधवार सोशल मीडियामा यसबारे जानकारी दिँदै लेखेका छन्, “लाइफ अपडेट: पेटको तल्लो दाहिने तर्फ स्पोर्ट्स हर्नियाको सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ। यो जोनकारी दिँदै खुशी लागिरहेको छ कि म अहिले रिकभरीको गोरेटोमा छु।”
खेल हर्निया पेट या कम्मरको तल्लो भागमा हुने नरम मासपेशी, स्नायु वा लिगामेण्ट सम्बन्धी चोट हो। सर्जरीपछि सूर्यकुमारले अब बेंगलुरुस्थित बीसीसीआईको सेण्टर अव् एक्सीलेन्समा आफ्नो पुनर्वासको प्रक्रिया शुरु गर्नेछन्। भारतले यस साल अगस्तमा बंग्लादेशको भ्रमण गर्दै ३ वटा वनडे र ३ वटा टी२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ। सूर्यकुमारले २०२३ को वर्ल्ड कप फाइनल पछि ५० ओभरको प्रारूपमा खेलेका छैनन्।
यो ३ वर्षमा सूर्यकुमार यादवको तेस्रो सर्जरी हो। २०२३ मा उनको खुट्टाको सर्जरी गरिएको थियो भने २०२४ मा खेल हर्नियाको पहिलोपटक सर्जरी गरिएको थियो। आईपीएल २०२५ सीजनमा सूर्यकुमारले असाधारण प्रदर्शन गर्दै ‘प्लेयर अफ द टूर्नामेण्टको ट्रफी जितेका थिए। उनले जम्मा ७१७ रन बनाएका थिए जबकि उनकी टीम मुम्बई इण्डियन्सलाई दोस्रो क्वालिफायरमा पञ्जाब किंग्सले पराजित गरेको थियो। उनले पछिबाट मुम्बई टी२० लीगमा ट्रायम्फ नाइट्स मुम्बई नर्थईस्ट टीमको कप्तानी पनि गरेका थिए।