नवीन न्यौपाने नेपाल यु-२३ टिमको प्रशिक्षकमा नियुक्त

IMG-20250625-WA0066

काठमाडौं: नेपाल यु-२३ टिमको प्रमुख प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।
बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा कार्यवाहक महासचिव दामोदर भट्टराईले नवीनलाई सम्झौतापत्र हस्तान्तरण गरेका हुन्।
नवीनले ताजकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप क्वालिफार्यसको लागि नेपाली टिमको प्रशिक्षण गर्नेछन्।
प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म आयोजना हुनेछ।
नेपाल समूह ‘एच’मा रहेर सिरिया, फिलिपिन्स र ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। फिलिपिन्स र ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement