भिटामिन बी-१२ को कमीले ल्याउन सक्छ हृदयघातको खतरा, राति देखिने एक लक्षणले दिन्छ चेतावनी

vitamin-b12-25-11-2023-1700891785

भिटामिन बी-१२ शरीरको स्नायु प्रणाली (नसाहरू) र रक्तसञ्चार प्रणालीको लागि अत्यन्त आवश्यक पोषक तत्व हो।
यसको कमीले एनेमिया (रक्तअल्पता)सँगै हृदयघात (हार्ट फेल) जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
चिकित्सकहरूका अनुसार, बी-१२ को अभावले देखाउने केही लक्षण यति सामान्य हुन्छन् कि धेरैजसो मानिसले गम्भीर रूपमा लिन सक्दैनन्। तर, एक विशेष लक्षण यस्तो छ, जुन खासगरी रातको समयमा मात्रै देखिन्छ। र, त्यो लक्षण हार्ट फेलियरको चेतावनीसमेत हुनसक्छ।
राति अत्यधिक पसिना आउनु, गम्भीर संकेत:
गर्मीमा पसिना आउनु सामान्य हो। तर, यदि रातको समयमा सुत्दा अत्यधिक पसिना आउने गर्छ भने त्यो भिटामिन बी-१२ को गम्भीर कमीको संकेत हुन सक्छ।
युरोपियन जनरल अफ जनरल मेडिसिन (ईजेजीएम)मा प्रकाशित एक अध्ययनअनुसार, बी-१२ को गम्भीर अभावले विशेष गरी शरीरको माथिल्लो भागमा राति अत्यधिक पसिना आउने अवस्था सिर्जना गर्न सक्छ। यस्तो लक्षणलाई अन्य कारणसँग भ्रममा नपरी चाँडै चिनिनु आवश्यक हुन्छ।
भिटामिन बी-१२ को कमीका अन्य लक्षणहरू:
सधैँ थकान महसुस हुनु
कमजोरी लाग्नु
वाकवाकी वा बान्ता आउनु
पेट गडबडी वा पखला लाग्नु
भोक नलाग्नु
तौल घट्नु
जिब्रो वा मुख सुन्निनु
शरीर पहेँलो देखिनु
हातखुट्टा सुनिनु
दृष्टि कमजोर हुनु
स्मरणशक्ति घट्नु
डिप्रेसन वा चिडचिडापन
भिटामिन बी-१२ को कमी र हृदयघातको सम्बन्ध
नेशनल लाइब्रेरी अफ मेडिसिन अनुसार, भिटामिन बी-१२ को गम्भीर अभावले शरीरमा रातो रक्तकोशिका बनाउन अवरोध गर्छ, जसले एनेमिया निम्त्याउँछ।
एनेमियाका कारण शरीरमा अक्सिजनको आपूर्ति घट्दछ र त्यसले हृदयमा अतिरिक्त दबाब पर्नसक्छ। परिणामस्वरूप, दीर्घकालीन अवस्थामा हृदयघातको खतरा बढ्न सक्छ।
बी-१२ युक्त परम्परागत खानेकुरा के के हुन्?
क) जनावरको कलेजो र मिर्गौला:
भेडाको १०० ग्राम कलेजोमा दैनिक आवश्यकताको झन्डै ३.५७१ प्रतिशत भिटामिन बी-१२ पाइन्छ। यसमा कपर, सेलेनियम, भिटामिन ए र बी-२ पनि भरपूर मात्रामा हुन्छ।
ख) गाईको दूध र दुग्धजन्य पदार्थ:
गाईको पुरै दूधमा दैनिक आवश्यकता अनुसारको ४६ प्रतिशत बी-१२ हुन्छ। दही, घ्यू, मावा लगायतका अन्य दूधजन्य परिकार पनि लाभदायक छन्।
ग) माछा, अण्डा र फोर्टिफाइड खानेकुरा:
स्याल्मन, ट्युनाजस्ता माछाहरू, अण्डाको पहेँलो भाग, भिटामिन बी१२ मिलाइएको न्यूट्रिशनल यीस्ट
कति चाहिन्छ दैनिक बी-१२?
१४ वर्षभन्दा माथिका पुरुष र महिलालाई दैनिक २.४ माइक्रोग्राम भिटामिन बी-१२ आवश्यक हुन्छ। तर, गर्भवती महिलालाई २.६ माइक्रोग्राम र दूध खुवाइरहेकी महिलालाई अझ बढी आवश्यकता हुन्छ ।
यदि खानाबाट पर्याप्त मात्रामा बी-१२ लिन नसकिने हो भने, चिकित्सकको सल्लाहमा सप्लिमेन्ट लिन सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement