काठमाडौँमा सिचाङ सांस्कृतिक उत्सव

IMG-20250624-WA0098

काठमाण्डोंँ: विभिन्न साङ्गीतिक प्रस्तुतिसँगै ‘चीनको तिब्बत (सिचाङ) सम्बन्धी सांस्कृतिक उत्सव’ सोमबार काठमाडौँमा सम्पन्न भएको छ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालमा पहिलो पटक चीनको सिचाङ सम्पर्क सांस्कृतिक सप्ताह आयोजना गरिएको हो।
कार्यक्रमममा चीन सिचाङ प्रतिनिधिमण्डलका प्रमुख तथा चीनको सिचाङ अन्तर्राष्ट्रिय संस्कृति सङ्घका उपाध्यक्ष लुओ च्युनले चीनको सिचाङ र नेपाल बीच सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘उत्सव छोटो अवधिको भए पनि यसले राम्रो प्रतिक्रिया पाएको छ। कार्यक्रमबाट सिचाङ र नेपाल बीचको सांस्कृतिक आदानप्रदानमा एक जीवन्त र महत्वपूर्ण अध्याय थप्ने काम भएको छ।’’
नेपालका लागि चीनका राजदूत छन सोङले छोटो अवधिको भए पनि उत्सवको प्रभाव दूरगामी भएको बताउनुभयो। उहाँले सिचाङ फोटो प्रदर्शनी र सांस्कृतिकलगायतका गतिविधिहरूले मित्रताको पुल निर्माण गरेको बताउनुभयो।
लुम्बिनी विकास कोष नेपालका उपाध्यक्ष डा. ल्हारक्याल लामाले दुई देशको सम्बन्धका बारेमा बोल्दै चीन र नेपालको भाषा फरक भए पनि सांस्कृतिक विषयवस्तु प्रायः मिल्ने गरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा ‘सिचाङ झ्याल’ को अनावरण पनि गरिएको थियो। उत्सवमा करिब एक हजारभन्दा बढीले चीनको सिचाङ फोटो र भिडियो प्रदर्शनी अवलोकन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement