चार दिनमा कति कमायो आमिरको ‘सितारे जमीन पर’ ले?

IMG-20250624-WA0102

मुंबई: बलिउड अभिनेता आमिर खानको होम प्रोडक्सनको फिल्म ‘सितारे जमीन पर’ ले ६६ करोड हाराहारी भारतीय रूपैयाँ नेट कमाइ गरेको छ।
रिलिजको चार दिनमा फिल्मले भारतमा ६५ करोड ८० लाख भारतीय रूपैयाँ नेट कमाइ गरेको हो।
पहिलो दिन शुक्रबार १० करोड ७० लाख, शनिबार १९ करोड ९० लाख कमाएको फिल्मले आइतबार २६ करोड ७० लाख र सोमबार ८ करोड ५० लाख भारतीय रूपैयाँ कमाएको छ।
फिल्मको विश्वव्यापी कमाइ भने चार दिनमा १ सय करोड पार भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
यो फिल्मले समीक्षकबाट राम्रो रेटिङ पाएको छ। ‘वर्ड अफ माउथ’ पनि राम्रो मिलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement