नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ४,०८९ भएकाे छ।
यसै अवधि काेराेनाले महाराष्ट्र, मध्य प्रदेश र केरलमा १-१ गरी ३ जनाकाे मृत्यु पनि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ६८८ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १२७ जनाको मृत्यु भएको छ भने यस रोगबाट २१,६३५ जना निको भएका छन्।