डा. श्यामा प्रसाद मुखर्जीको शहीद दिवस पालन

Chhetriya-Samachar-2

राजगञ्ज: राजगञ्जमा भाजपाको उत्तर डिभिजन इकाईले सोमबार राजगञ्ज ब्लकको बेलाकोबाको बटाला मोडमा डा. श्यामा प्रसाद मुखर्जीको शहीद दिवस मनायो। पार्टीका नेता तथा कार्यकर्ताहरूले डा. मुखर्जीको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे र उनको योगदानलाई सम्झे।
वातावरणीय जागरूकता प्रवर्द्धन गर्न वृक्षारोपण अभियान पनि सञ्चालन गरिएको थियो। करिब १०० स्थानीय बासिन्दाहरूलाई बिरुवा वितरण गरिएको थियो र वातावरण संरक्षण प्रयासमा भाग लिन अपील गरिएको थियो।
यस अवसारमा जलपाईगुडी जिल्ला किसान मोर्चाका अध्यक्ष नकुल दास, भाजपा जिल्ला समिति सदस्य देबाशिष डे, सुशान्त रोय, तपन डे र अन्य पार्टी नेताहरू कार्यक्रममा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement