ट्रम्पले ईरान र अमेरिकाका जनतालाई धोका दिए: ईरान

IMG-20250622-WA0095

कोलकता: ईरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान र अमेरिकाका जनतालाई धोका दिएको आरोप लगाएका छन्।
उनले भने, ‘राष्ट्रपति ट्रम्प अमेरिकालाई महँगो र अन्तहीन युद्धबाट बाहिर निस्काउने वाचामा निर्वाचित भएका थिए।’
विदेशमन्त्री अराघचीले ट्रम्पले आफूहरुको कूटनीतिप्रतिको प्रतिबद्धताको दुरुपयोग गरेर ईरानलाई धोका दिएको बताए। उनले ट्रम्पले आफ्ना मतदातालाई पनि धोका दिएको बताए। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई संकेत गर्दै भने,‘उनी एक वान्टेड युद्ध अपराधीको उद्देश्यमा झुकेका छन्। उनले इजरायली शासनको हितलाई अगाडि बढाउन अमेरिकी जनताको जीवन र सम्पत्तिको शोषण गरिरहेका छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement