नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ४,७५४ भएकाे छ।
यसै अवधि काेराेनाले दिल्ली र केरलमा १-१ गरी २ जनाकाे मृत्यु पनि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ८३० जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १२३ जनाको मृत्यु भएको छ भने यस रोगबाट २०,२८३ जना निको भएका छन्।