उत्तर कोरियाले रुसमा पठायो ‘लडाकु इन्जिनियर’को टोली पठायो

IMG-20250620-WA0063

कोलकता: उत्तर कोरियाले रुसमा एक हजार सैन्य इन्जिनियर र पाँच हजार सैन्य निर्माण कर्मचारीको नयाँ टोली पठाएको छ। दुई देशबीचको गहिरो हुँदै गएको रणनीतिक सम्बन्धलाई यसले थप पुष्टि गरेको छ। त्यतिमात्र होइन, उत्तर कोरियाले रुसबाट ठूला पुरस्कारहरू प्राप्त गर्ने लक्ष्य राखेको संकेत पनि गरेको विश्लेषकहरूको भनाइ छ।
यसअघि उत्तर कोरियाले रुसमा दुई पटक लडाकु सेना पठाएको थियो। तर, यसपटक इन्जिनियर र निर्माण कर्मचारीको टोली पठाइएकाले उनीहरूको मुख्य उद्देश्य युद्धपछिको पुनर्निर्माण र पूर्वाधार विकासमा सहयोग पुर्‍याउनु रहेको ‘द छोसन डेली’ले उल्लेख गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले गत जुन १७ मा रुसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुसँग भेटवार्ता गरेका थिए। भेटमा उनीहरूबीच सैन्य सहकार्य र रुसले प्रतिबद्धता जनाएको क्षतिपूर्तिमा घनिष्ठ सम्पर्क कायम राख्ने विषयमा छलफल भएको राज्य-नियन्त्रित रोडोङ सिनमुनले जुन १८ मा रिपोर्ट सार्वजनिक गरेको थियो।
रोडोङ सिनमुनका अनुसार किम र शोइगुबीचको बैठकले उत्तर कोरिया र रुसबीचको रणनीतिक साझेदारी सन्धिको महत्त्वलाई पुन: पुष्टि गरेको छ। दुवै पक्षले पारस्परिक हितमा पूर्ण सहमति जनाएका छन्।
शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देश पनि सुनाएका थिए, जसलाई किम जोङ उनले कृतज्ञतापूर्वक स्वीकार गरेका थिए। उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किमले रुसी नीतिहरूमा आफ्नो समर्थन जनाउँदै सन्धिको प्रावधानहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
लडाकु इन्जिनियरहरू सामान्यतः लडाईँ क्षेत्रहरूमा पैदल सेनासँगै काम गर्छन्। उनीहरूले खानी हटाउने, विस्फोटक पदार्थ डिस्पोज गर्ने, अवरोध हटाउने, पुल निर्माण गर्ने, खाडल निर्माण गर्ने र शत्रुको स्थानलाई सुदृढ पार्ने वा नष्ट गर्ने जस्ता कार्यहरू गर्छन्। यद्यपि, यी एकाइहरू लडाईँका लागि पनि तयार रहेको समाचारमा उल्लेख छ।
युक्रेनी कुर्स्क क्षेत्र, जहाँ उत्तर कोरियाली सेनाहरू पहिल्यैदेखि तैनाथ गरिएका छन्। कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेशनका वरिष्ठ अनुसन्धानकर्ता होङ मिनले रुसलाई पुन: कब्जा गरिएका क्षेत्रहरूमा खतराहरू हटाउन र थप रुसी हताहत कम गर्न थप उत्तर कोरियाली सेनाको आवश्यकता पर्ने सम्भावना रहेको बताएका छन्।
उत्तर कोरियाले सैन्य सहायतामार्फत दीर्घकालीन लाभहरू सुरक्षित गर्ने लक्ष्य राखेको विश्लेषकहरूको दाबी छ। उत्तर कोरियाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार किम सुङ हानले सैन्य इन्जिनियरहरू पठाउनुले उत्तर कोरिया र रुसी सैन्य गठबन्धनको चरम स्तरलाई प्रतिबिम्बित गर्ने बताउँछन्। उनी थप्छन्, ‘प्योङयाङले सम्भवतः मस्कोबाट चाहेको सबै कुरा प्राप्त गरेको छैन।’
किमका अनुसार रुसलाई सडक, पुल, खानी सफा गर्ने र फ्रन्टलाइन प्रतिरक्षामा कुशल कामको साथ कुर्स्क क्षेत्रलाई राम्रोसँग पुनर्स्थापित गरेर त्यहाँका जनतालाई देखाउनु छ। त्यसैले पनि रुसले उत्तर कोरियाबाट यति ठूलो संख्यामा सैन्य इन्जिनियर र कामदार मगाएको उनको भनाइ छ। यो सहयोगले रुस-युक्रेन युद्धमा रुसको अडानलाई थप बलियो बनाएको छ भने उत्तर कोरियालाई रुसबाट ठूलो मात्रामा आर्थिक सहायता पाउने अवसर पनि छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement