वेष्ट इण्डिज यात्रालाई लाबुशेनको निम्ति अन्तिम मौका बताए जेसन गिलेस्पीले

IMG-20250619-WA0005

मेलबर्न: पूर्व अष्ट्रेलियाई पेस बलर जेसन गिलेस्पीले बताएअनुसार, खराब फर्मले गर्दा आलोचनाको शिकार बन्ने ब्याटर मार्नस लाबुशेनको निम्ति वेष्ट इण्डिज यात्रा अन्तिम मौका साबित हुनेछ अनि अझ एउटा खराब प्रदर्शनले एशेज सीरीजमा खेल्ने उनको सम्भावनाहरू समाप्त हुनसक्छ। लर्ड्समा हालै दक्षिण अफ्रिकाविरुद्ध भएको वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा निराशाजनक प्रदर्शनपछि लाबुशेनले आलोचनाहरूको सामना गर्नु परेको छ। उनले २०२४-२५ डब्ल्यूटीसी चक्रमा २० वटा ईनिंग्समा ९७४ रन मात्र बनाउन सके। यस अवधि उनले ३८ वटा ईनिंग्समा एउटा शतक र ८ वटा अर्द्धशतक मात्र बनाउन सके अनि औसत केवल २७.८२-को रह्यो। लाबुशेनले आफ्नो अन्तिम टेस्ट शतक जुलाई २०२३-मा एशेजको अवधि म्यानचेष्टरमा ईंग्ल्याण्डविरुद्ध बनाएका थिए। त्यस समयदेखि १६ वटा टेस्टमा उनले केवल २४.७४-को औसतले ६६८ रन बनाएका छन्। यसमा ७ वटा अर्द्धशतक सामेल छ। पूर्व अष्ट्रेलियाई पेस बलरले भने, मार्नस अहिले समस्यामा छन्। उनले गत २ सालमा लगभग २०-को औसतले रन बनाएका छन् अनि यसमा केवल एउटा शतक रहेको छ। अब क्यारेबियन द्वीपहरूमा खेले यो उनको अन्तिम मौका हुन सक्छ। यसरी वेष्ट इण्डिजविरुद्ध मजबूत प्रदर्शन गर्न नसके एशेज सीरीजको निम्ति उनको स्थान खतरामा पर्न सक्छ। उल्लेखनीय छ, लाबुशेनले डब्ल्यूटीसी फाइनलको २ वटा ईनिंग्समा १७ र २२ रन मात्र बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement