भारतीय ब्याटिंग क्रमको तेस्रो नम्बरमा करुण नायर या साई सुदर्शनले मौका पाउने सम्भावना

IMG-20250619-WA0004

नयाँ दिल्ली: भारतीय टीमका उपकप्तान रिषभ पन्तले कप्तान शुभमन गिलले विराट कोहलीको स्थान चौथो नम्बरमा ब्याटिंग गर्ने बताएका छन्। यसको साथमा उनले तेस्रो नम्बरमा कसले खेल्नेछन् भन्ने चाहिँ टीमले अहिलेसम्म तय नगरेको स्पष्ट गरेका छन्। तेस्रो स्थानमा गिलले ब्याटिंग गर्दै आएका थिए। तेस्रो स्थानमा खेल्नको निम्ति पुनरागमन गरिरहेका करुण नायर र पदार्पणको प्रतीक्षमा रहने बी साई सुदर्शनको नाम रहेको छ। पन्तपछि पाँचौं नम्बरमा अझ एकजना विशेषज्ञ ब्याटरको आवश्यकतालाई ध्यानमा राखेर यी दुवै खेलाड़ीले अन्तिम एकादशमा स्थान पाउन सक्छन्। करुण नायरले अभ्यास म्याचमा तेस्रो नम्बरमा ब्याटिंग गरेका थिए। स्लिप क्याचको अभ्यासमा पनि उनलाई पहिलो स्लिपमा उभिएको देखिएको थियो। यशस्वी जयसवाल र केएल राहुलले फेरि एकपल्ट ओपनिंग गर्न सक्छन्। यी दुईजनाले अष्ट्रेलिया यात्राको शुरुवात र अन्तमा ओपनरको रूपमा एकसाथ खेलेका थिए। नायर तेस्रो नम्बरमा खेले अनि रविन्द्र जडेजालाई अलराउण्डरको  रूपमा तय मानिए पन्तपछि एकजना अतिरिक्त ब्याटरको आवश्यकता हुनेछ। त्यस स्थानमा सुदर्शन या अष्ट्रेलिया यात्रामा शतक बनाउने नितीश कुमार रेड्डीले मौका पाउन सक्छन्।
शार्दुल ठाकुरले आठौं नम्बरमा ब्याटिंग गर्न सक्छन्। यसले टीमको ब्याटिंगलाई गहिराई दिनको साथै चौथो सीम बलिंगको विकल्प पनि दिनेछ। ठाकुरलाई रेड्डीको स्थानमा खेलाउनेछ या छैन भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन। यी दुवै खेलाड़ीले हेडिंग्लेमा भारतको पहिलो अभ्यास सेशनमा लामो समयसम्म बलिंग गरेका थिए। जसप्रीत बुमराह र मोहम्मद सिराजले पेस आक्रमणको अगुवाई गर्ने लगभग तय छ। भारतले यस टेस्ट म्याचको निम्ति हर्षित राणालाई सिराज र आकाश दीपको कुनै  पनि फिटनेस समस्याको निम्ति कवरको रूपमा बोलाइएको छ तर अहिले दुवै खेलाड़ी फिट छन्। प्रसिद्ध कृष्णाले आफ्नो गति र बाउन्सले भारतीय टीमलाई अलग विकल्प प्रदान गर्नेछन्। हेडिंग्लेको पीचमा गर्मीको समय स्पिन बलरहरूका निम्ति अतिरिक्त सहायता रहन  सक्छ। यसैकारण कुलदीप .यादवको भूमिका महत्त्वपूर्ण रहन सक्छ। यसबाहेक स्पिन बलिंग अलराउण्डरको रूपमा टीममा वाशिंगटन सुन्दर पनि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement