त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

IMG-20250618-WA0037

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुरजित सिंह खेमानी हुन्। उनलाई मंगलबार राति विमानस्थलबाट पुलिसले पक्राउ गरेको थियो। विमानस्थलको आगमन भन्सार क्षेत्रको सुरुङबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले उनलाई पक्राउ गरेको थियो। सुन अर्ध-ठोस अवस्थामा ल्याइएको पुलिसले जनाएको छ।
पुलिसले एयर अरेबियाको उडानबाट शारजाहबाट काठमाडौं आएकी उनी शंकास्पद जाँचका क्रममा सुन फेला परेको बताएको छ। प्लास्टिकमा बेरिएको अर्ध-ठोस सुनका तीन टुक्रा उनको साथबाट बरामद गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement