काठमाडौं: मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडि प्रदर्शन गरेको छ। इजरायल र ईरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त भएको भन्दै बुधबार शान्ति समाजले विरोध प्रदर्शन गरेको हो।
विश्व शान्तिका लागि युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले तत्काल यो युद्ध अन्त्य गर्न आग्रह गरेको छ।तत्काल यो युद्ध अन्त्य गर्न आग्रह गरेको छ।