पूर्व क्रिकेटरहरूद्वारा ईंग्ल्याण्डले सीरीज जिते पनि भारतले कड़ा चुनौती दिने दावी

IMG-20250617-WA0005

नयाँ दिल्ली: अष्ट्रेलियाका पूर्व ओपनिंग ब्याटर म्याथ्यू हेडनको भनाइअनुसार, भारतले लीड्स र म्यानचेष्टरमा म्याच जित्न सके उनीहरूसँग ईंग्ल्याण्डविरुद्ध आउँदो टेस्ट सीरीज जित्ने असाधारण मौका हुनेछ तर दक्षिण अफ्रिकाका पूर्व पेस बलर डेल स्टेनले चाहिँ ५ वटा टेस्ट म्याचको सीरीजमा आयोजक देश ३-२-ले विजयी हुने दावी गरे। भारत र ईंग्ल्याण्डले ५ वटा टेस्ट म्याचको सीरीजको साथ आफ्नो नयाँ वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) चक्रको शुरुवात गर्नेछ। सीरीजको पहिलो टेस्ट म्याच शुक्रवारदेखि लीड्समा शुरु हुनेछ। यसरी म्यानचेष्टरमा २३ जुलाईदेखि चौथो टेस्ट म्याच खेलिनेछ। हेडनले जियो हट्स्टारमा भने, मलाई ईंग्ल्याण्डसँग त्यति असल बलरहरू छन् जस्तो लाग्दैन। उनीहरूका धेरै बलरहरू चोटग्रस्त छन् अनि धेरैले सन्न्यास लिइसकेका छन्। यसैकारण ईंग्ल्याण्डले कठिन चुनौतीको सामना गर्नु पर्नेछ। उत्तरी ईंग्ल्याण्डमा खेलिने टेस्ट म्याचहरू महत्त्वपूर्ण रहनेछ। ती म्याचहरू जित्न सके भारतसँग सीरीज जित्ने असल मौका रहनेछ। उल्लेखनीय छ, ईंग्ल्याण्डका दुईजना सबैभन्दा अनुभवी पेस बलर जेम्स एण्डरसन र स्टुअर्ट ब्रडले खेलबाट सन्न्यास लिइसकेका छन्। यसबाहेक अन्य केही प्रमुख पेस बलरहरू चोटग्रस्त छन्। पेस बलर मार्क वुडले कम्तीमा पहिलो ३ वटा टेस्ट खेल्न सक्नेछैनन्। यसरी जोफ्रा आर्चरले शुरुवाती टेस्ट म्याच खेल्ने छैनन् जबकि गस एटकिन्सन पनि ह्याम्स्ट्रिंगको चोटसँग जुझिरहेका छन्।
यसबीच भारतका नयाँ कप्तान शुभमन गिल पनि नयाँ टीमको साथ मैदानमा ओर्लिनेछन्। भारतले यस सीरीजको साथ रोहित शर्मा, विराट कोहली र रविचन्द्रन अश्विन बिना एउटा नयाँ युगको शुरुवात गर्नेछ। स्टेनले भारतलाई दुर्बल नमाने पनि ईंग्ल्याण्डलाई जीतको दावेदार बताए। उनले भने, भारतीय टीम युवा छ। उनीहरू सीरीज जित्न ईंग्ल्याण्ड आएका छन् तर संघर्ष नगरी यस्तो सम्भव हुनेछैन। मेरो विचारमा भारतले १-२ वटा टेस्ट म्याच जित्न सक्नेछ। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटरले भने, सबै म्याच नजिकको हुनेछ अनि हरेक म्याचको नतीजा निस्किनेछ। मेरो विचारमा सीरीज ३-२-ले ईंग्ल्याण्डको पक्षमा रहनेछ। यसको साथमा पूर्व भारतीय क्रिकेटरहरू दीप दासगुप्ता र सञ्जय माञ्जरेकरले पनि ईंग्ल्याण्डलाई सीरीज जीतको दावेदार बताए। यसको साथमा यी दुईजनाले पनि म्याचहरू नजिकको रहने दावी गरे। दासगुप्ताले भने, भारतीय टीम युवा छ अनि कप्तान पनि युवा छन्। टीम बद्लाउको क्रममा रहेको छ अनि यसले ईंग्ल्याण्डलाई फाइदा पुग्नेछ। ईंग्ल्याण्डलाई घरेलु मैदानमा खेल्ने फाइदा पनि रहनेछ तर भारतले पनि कड़ा चुनौती दिनेछ। मेरो विचारमा ईंग्ल्याण्डले ३-२-ले सीरीज जित्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement