न्यूडील्याण्डकी कप्तान सोफी डिवाइनले वर्ल्ड कपपछि वनडे क्रिकेटबाट सन्न्यास लिने

IMG-20250617-WA0004

नयाँ दिल्ली: न्यूजील्याण्ड महिला क्रिकेट टीमकी कप्तान सोफी डिवाइनले ५० ओभरको वर्ल्ड कपपछि वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिनेछिन्, जुन यस सालको अन्यमा भारत र श्रीलंकामा आयोजित हुनेछ। वनडेबाट सन्न्यास लिए पनि डिवाइन २०२५-२६ सीजनको निम्ति आकस्मिक खेल सम्झौताले गर्दा टी२० इण्टरनेशनलको निम्ति उपलब्ध रहनेछिन्। यस ३५ वर्षीय खेलाड़ीको यो फसेला न्यूजील्याण्डको १७ महिला खेलाड़ीहरूकी अनुबन्ध सूचीको अनावरणको ठीक अघि आएको छ। आफ्नो १९ सालको असाधारण करियरको अवधि डिवाइन महिला क्रिकेटमा सर्वकालिक सर्वश्रेष्ठ अलराउण्डरहरूमा एकको रूपमा अघि आइन्। साल २००६-मा १७ सालको उमेरमा इण्टरनेशनल क्रिकेटमा पदार्पण गर्ने डिवाइन न्यूजील्याण्डको तर्फबाट सर्वाधिक वनडे म्याच खेल्ने महिला खेलाड़ीहरूकी सूचीमा सूजी बेट्सपछि दोस्रो स्थानमा रहेकी छन्। यस प्रारूपमा उनी ३९९० रनको साथ चौथो सर्वाधिक रन बनाउने खेलाड़ी हुन्। उनी यस सूचीमा डेबी हकलेलाई पछि छोड़ेर तेस्रो स्थानमा पुग्ने नजिक रहेकी छन्। डिवाइनले वनडे इण्टरनेशनलमा १०७ विकेट पनि लिएकी छन्। न्यूजील्याण्डको तर्फबाट महिला वनडे क्रिकेटमा सर्वाधिक विकेट लिनेहरूकी सूचीमा उनी अहिले दोस्रो स्थानमा रहेकी छन्। उनी २०२०-मा न्यूजील्याण्ड टीमको कप्तान बनेकी थिइन्। त्यसपछि उनले टीमलाई अलग उँचाईमा पुऱ्याएकी छन्। यसमा २०२२ कमनवेल्थ गेम्समा काँस्य पदक र गत वर्ष आईसीसी महिला टी२० वर्ल्ड कप जीत सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement