ग्लास्गो: नीदरल्याण्डले टी२० इण्टरनेशनल क्रिकेट इतिहासमा नयाँ रेकर्ड बनायो। ग्लास्गोमा सोमवार राति भएको त्रिदेशीय क्रिकेट सीरीजको चरम रोमाञ्चक म्याचमा नीदरल्याण्डले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरी इतिहास रच्यो। टी२० या लिस्ट ए क्रिकेटको इतिहासमा यो पहिलो अवसर हो, जब कुनै म्याचको नतीजा तेस्रो सुपर ओभरमा निस्कियो। यस म्याचले रोमाञ्चको समस्त सीमा पार गऱ्यो अनि दर्शकहरू पनि अचम्भित भए। आयोजक स्कटल्याण्ड यस टी२० त्रिदेशीय सीरीजमा हिस्सा लिने तेस्रो टीम हो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै नीदरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो। तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए। यसबाहेक विक्रमजीत सिंहले ३०, साकिब जुल्फीकरले २५ र माइकल लेविटले २० रनको योगदान दिए। नेपालका बलरहरूमा सन्दीप लामिछानेले ३ र नन्दन यादवले २ विकेट लिए। जवाफमा नेपालले कप्तान रोहित पौड़ेलको ४८ रनपछि पनि २० ओभरमा ८ विकेट गुमाएर १५२ रन नै बनाउँदा म्याच टाई भयो। रोहितले ३५ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक कुशाल भुर्तेलले ३४ रनको योगदान दिए। वास्तवमा एक समय नेपालको हार तय लागिरहेको थियो कारण जीतको निम्ति अन्तिम ओभरमा १५ रन बनाउनु थियो अनि हातमा केवल २ विकेट रहेको थियो। चरम दबाउबीच नन्दन यादवले दुईवटा चौकासहित १५ रन बनाउँदा म्याच टाई भयो।
त्यसपछि नतीजा हासिल गर्न सुपर ओभर शुरु भयो, जसमा पहिला ब्याटिंग गर्दै नेपालले १ ओभरमा १९ रन बनायो। कुशाल भुर्तेलले २ वटा छक्का र एउटा चौकाको साथ १८ रन बनाए। जवाफमा नीदरल्याण्डले पनि १९ रन नै बनाउँदा सुपर ओभर पनि टाई भयो। करण केसीको बलमा म्याक्स ओडाउडले १२ र माइकल लेविटले ६ रन बनाए। एक रन बाईको रूपमा हासिल भयो। त्यसपछि दोस्रो सुपर ओभरमा नीरल्याण्डले १ विकेट गुमाएर १७ रन बनायो। जवाफमा नेपालले पनि १७ रन नै बनाउँदा दोस्रो सुपर ओभर पनि टाई भयो। दीपेन्द्र सिंह ऐरीले १० र रोहित पौड़ेलले ७ रन बनाए। त्यसपछि तेस्रो सुपर ओभर शुरु भयो, जसमा नेपालले कुनै रन नबनाइ २ विकेट गुमायो। जवाफमा नीदरल्याण्डका लेविटले नेपालका स्पिनर सन्दीप लामिछानेको पहिलो बलमै छक्का लगाएर नीदरल्याण्डलाई जीत दिलाए।