इजरायल-इरान द्वन्द्वबिच ट्रम्पले भने ‘मानिसहरूले तुरून्तै तेहरान छोड्नुपर्छ’

IMG-20250617-WA0007

नयाँ दिल्ली: इजरायल-ईरान द्वन्द्वको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको राजधानी तेहरानलाई तुरून्तै खाली गर्न सल्लाह दिएका छन्। सामाजिक सञ्जालमार्फत् ट्रम्पले तेहरानलाई तुरून्त खाली गर्न सल्लाह दिएका हुन्।
‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा ईरानले हस्ताक्षर गर्नुपर्थ्यो। यो निकै लाजमर्दो कुरा हो र मानव जीवनको बरबादी पनि हो, ‘उनले सामाजिक सञ्जालमा लेखेका छन्,’सिधा शब्दमा भन्नुपर्दा, ईरानसँग आणविक हतियार हुनै सक्दैन। मैले यो कुरा बारम्बार भनेको छु। सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ।’
जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प त्यहाँबाट एक दिन अगाडि नै फर्किदैछन्। उनले चाँडै फर्कनुको कारणमध्ये पूर्वको अवस्थालाई लिएका छन्।
ट्रम्पले इजरायल र ईरानबीचको द्वन्द्वले आणविक सम्झौताका लागि वार्तालाई गति दिन ‘आवश्यक’ रहेको बताएका छन्। ईरानको आणविक तथा सैन्य संरचनालाई कमजोर बनाउने उद्देश्यले इजरायलले गरेको ठूलो आक्रमणपछि इजरायल र ईरानबीच लगातार भीषण हवाई आक्रमण भइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement