खरसाङ: मार्शल आर्ट अनि फिटनेस एकेडेमीको प्रतिनिधित्व गर्ने सेनपाई निकिता प्रधान र प्रयोद्धि प्रधानको नेतृत्वमा १० जना विद्यार्थीहरूको टोलीले उत्तर बंगाल कराते च्याम्पियनशिपमा भाग लिएका छन्। यस अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपको लागि छनोट १४ र १५ जूनमा दिल्ली पब्लिक स्कूल, सिलगढीमा आयोजना गरिएको थियो। यो च्याम्पियनशिप दार्जिलिङको सेइशिंकाई शितो-र्यू एसोसिएसनले शिहान अनिल राई र महासचिव सेन्सेई सन्दीप प्रधानको अध्यक्षतामा आयोजना गरेको थियो। यो च्याम्पियनशिप प्रत्येक वर्ष जुन महिनामा कराते विद्यार्थीहरूलाई उच्च स्तरको च्याम्पियनशिपको लागि तयार पार्न आयोजना गरिन्छ। मार्टियल आर्ट एण्ड फिटनेश एकाडेमीको टोलीले च्याम्पियनशिपमा असल प्रदर्शन गरेको छ।

यसको परिणाम यस प्रकार छन्:
प्रिशा प्रधानले काता र कुमितेमा २ स्वर्ण पदक जितिन् भने प्रणितिका लिम्बुले कातामा स्वर्ण पदक जितिन् र कुमितेमा कांस्य पदक जितिन्, साईदीप प्रधानले कुमितेमा स्वर्ण पदक जितिन् र कातामा रजत पदक जितिन्। त्यसरी नै दिप्रोज राईले कुमितेमा रजत पदक जितिन् र कातामा कांस्य पदक जितिन्, लघसम तेन्जिन शेर्पाले कुमितेमा रजत पदक जितिन् र कातामा कांस्य पदक जितिन्, निर्वेक राई, याङजिला तामाङ र साजिया राईले कातामा रजत पदक जितिन्। त्यसरी नै रेहन्त राईले कातामा स्वर्ण पदक जितिन् र काता र खुला तौल समूहमा रजत पदक जितिन्, अगस्त्य क्षेत्रीले कुमिते र खुला तौल समूहमा स्वर्ण पदक जितिन् र कातामा रजत पदक जितिन्। अगस्त्य क्षेत्रीलाई च्याम्पियनशिपको उत्कृष्ट लडाकुको रूपमा पनि सम्मानित गरियो। माफाका सेन्सेई सन्दीप प्रधानले उत्कृष्ट परिणाम ल्याएकोमा प्रशिक्षक निकिता प्रधान र प्रयोद्धि प्रधानप्रति आभार व्यक्त गर्दै सबै सहभागीहरूलाई बधाई पनि दिएका छन्।