डब्ल्यूटीसी फाइनल हारेपछि हेजलवुडसहित सीनियर खेलाड़ीहरूका आलोचना गरे मिचेल जनसनले

IMG-20250616-WA0020

सिडनी: वर्ल्ड टेस्ट च्याम्पियनशीप २०२३-२५ फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाको हारपछि पूर्व पेस बलर मिचेल जनसनले आफ्ना देशका शीर्ष चार बलरहरूमाथि प्रश्न उठाएका छन्। उनले अष्ट्रेलियाई कप्तान प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड र न्याथन लायनमाथि हारको रिस पोखाएका छन्। उनले विशेषगरी हेजलवुडलाई निशाना बनाउँदै डब्ल्यूटीसी फाइनलको स्थानमा आईपीएललाई प्राथमिकता दिएकोमा देशवासीहरूले उनको प्रतिबद्धतामाथि प्रश्न उठाउने बताएका छन्। पूर्व पेस बलरले अष्ट्रेलियाका कुनै खेलाड़ीमाथि प्रश्न उठाएको यो पहिलोपल्ट होइन। यसअघि उनले डेविड वार्नरलाई पनि निशाना बनाएका थिए। हेजलवुड ती खेलाड़ीहरूमा सामेल थिए जसले भारत र पाकिस्तानबीच तनाउले गगर्दा आईपीएल स्थगित भएर पुनः शुरु भएपछि भारत फर्किने फसेला गरेका थिए। रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले पञ्जाब किंग्सलाई पराजित गरी पहिलोपल्ट आईपीएल खिताब जितेको थियो। आरसीबी-का बलर हेजलवुडले आईपीएल सीजनमा २२ विकेट लिएका थिए। फाइनलमा पनि उनले पञ्जाब किंग्सका आक्रामक ओपनिंग ब्याटर प्रियांश आर्यको विकेट लिएका थिए। आरसीबी-ले ट्रफी जितेपछि उनले ती मानिसहरूलाई निशाना बनाएका थिए, जसले उनलाई डब्ल्यूटीसी फाइनलको स्थानमा आईपीएललाई प्राथमिकता दिएको आरोप लगाएका थिए। हेजलवुडले भनेका थिए, म्याच खेल्नु भन्दा असल तयारी अरू केही हुन सक्दैन। यसबीच जनसन ती पूर्व खेलाड़ीहरूमा सामेल थिए, जसले अष्ट्रेलियाई खेलाड़ीहरूलाई आईपीएलको निम्ति भारत नफर्किने अपील गरेका थिए।
अहिले जनसनले यही सब कुराहरूले हेजलवुडको आलोचना गरेका छन्। हेजलवुडले डब्ल्यूटीसी फाइनलमा केवल २ विकेट हासिल गरेका थिए। दक्षिण अफ्रिकाले फाइनलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो। जनसनले भनेका छन्, हामीले हालका सालहरूमा हेजलवु़डको फिटनेसलाई लिएर समस्याहरू देखेका छौं। राष्ट्रिय टीमको तयारीहरूको सट्टा विलम्बित इण्डियन प्रीमियर लीगमा फर्किनुलाई प्राथमिकता दिने उनको फसेलाले मानिसहरूलाई अचम्भित बनायो। जनसनले स्टार्क, हेजलवुड, कप्तान कमिन्स र न्याथन लियोन जस्ता वरिष्ठ खेलाड़ीहरूको आलोचना गर्दै यी खेलाड़ीहरूका लक्ष्य एशेज सीरीजसम्म आफ्नो विदाईलाई जारी राख्ने रहे त्यो गलत मानसिकता हुने बताएका छन्। जनसनले भने, स्टार्क, हेजलवुड, कमिन्स र लियोनको हाम्रो सफल बिग फोर बलिंग आक्रमणला्ई आउँदो समयको निम्ति तय मान्न सकिँदैन। यी अनुभवी खेलाड़ीहरू यदि विदाईको निम्ति मात्र एशेज सीरीजसम्म खेलिरहन चाहन्छन् भने त्यो सही मानसिकता हुनेछ जस्तो मलाई लाग्दैन। हामीले भविष्यलाई ध्यानमा राख्नु पर्नेछ अनि आउँदो टेस्ट खेलाड़ीहरू चयन गर्ने दिशामा कदम बढ़ाउनु पर्नेछ। उल्लेखनीय छ, जनसन स्वयं पनि ६ वटा सीजनमा आईपीएलको हिस्सा रहेका थिए। यस अवधि उनले कलकत्ता नाइट राइडर्स, किंग्स इलेभेन पञ्जाब (अहिले पञ्जाब किंग्स) र मुम्बई इण्डियन्सको प्रतिनिधित्व गरे। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ५५० भन्दा अधिक विकेट लिएका छन्।
जनसनले युवा सेम कोन्स्टास, जोश ईंग्लिश र यहाँसम्म कि ३६ वर्षीय पेस बलर स्कट बोलाण्ड पनि खेलाड़ी जो देशको निम्ति प्रदर्शन गर्न तयार थिए, उनीहरूलाई राष्ट्रिय टीममा स्थान प्राप्त नभएको बताए। उनले भने, कोन्स्टास, ईंग्लिश र बोलाण्ड जस्ता खेलाड़ीहरूका मानसिकता अलग छ। बोलाण्डको उमेर ३६ साल भए पनि उनी प्राप्त भएको हरेक मौकामा आफूलाई साबित गर्न तयार रहन्छन्। मैले एउटा टीमका सबै अधिक उमेरको खेलाड़ीहरूका आलोचना गरेको होइन, जसले एकसाथ धेरै कुराहरू हासिल गरेका छन्। हाम्रो स्थापित खेलाड़ीहरूमा बिग फोर बाहेक उस्मान ख्वाजा, (स्टीव) स्मिथ र (मार्नस) लाबुशेन पनि सामेल छन्, जसले केही असाधारण ट्रफीहरू जितेका छन्। यसको साथमा जनसनले वेष्ट इण्डिजविरुद्ध आउँदो सीरीज योग्य खेलाड़ीहरूलाई आफ्नो प्रतिभा देखाउने असल मञ्च साबित हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement