नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ७,२६४ पुगेका छन्।
यस अवधिमा ११ जनाको मृत्यु पनि भएको छ। यीमध्ये केरलाबाट ७ जना र दिल्ली, महाराष्ट्र, मध्य प्रदेश र छत्तीसगढबाट एक-एक जना रहेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ६०८ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १०८ जनाको मृत्यु भएको छ भने यस रोगबाट १३,६०४ जना निको भएका छन्।