नयाँ दिल्ली: आईसीसीले महिला क्रिकेट वर्ल्ड कप २०२५-को शेड्यूल जारी गरेको छ। महिला वनडे वर्ल्ड कप ३० सेप्टेम्बरदेखि शुरु हुनेछ, जसमा आयोजक भारतले आफ्नो पहिलो म्याच श्रीलंकाविरुद्ध बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेल्नेछ। आठवटा टीमको यो टुर्नामेण्ट राउण्ड रोबिन प्रारूपमा हुनेछ, जसमा शीर्ष ४ वटा टीम सेमिफाइनलमा पुग्नेछ। टुर्नामेण्टमा आयोजक भारतको साथमा पाकिस्तान, बंग्लादेश, श्रीलंका, अष्ट्रेलिया, न्यूजील्याण्ड, ईंग्ल्याण्ड र वेष्ट इण्डिजले हिस्सा लिनेछ।बहुप्रतीक्षित फाइनल २ नोभेम्बरमा खेलिनेछ। अष्ट्रेलियाले आफ्नो अभियान १ अक्टोबरमा न्यूजील्याण्डविरुद्ध म्याचको साथ गर्नेछ। अष्ट्रेलिया र न्यूजील्याण्डबीच म्याच इन्दौरको होल्कर क्रिकेट स्टेडियममा खेलिनेछ। भारत र पाकिस्तानबीच तनाउले गर्दा पाकिस्तानले आफ्नो सबै म्याच श्रीलंकाको कोलम्बोमा खेल्नेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-द्वारा सहमत हाईब्रीड मोडल अनुसार आईसीसी-ले पाकिस्तानको सबै म्याचहरू कोलम्बोमा राखेको छ। यसरी भारतको साथमा पाकिस्तानविरुद्ध म्याच खेल्ने सबै टीमहरू कोलम्बो जानेछ, जुन एउटा तटस्थ स्थल हुनेछ। यसरी भारत र पाकिस्तानबीच खेलिने हाई भोल्टेज म्याच ५ अक्टोबरमा कोलम्बोमा हुनेछ। भारतमा वर्ल्ड कपको म्याचहरू चारवटा स्थलमा हुनेछ, जसमा बेंगलुरु, गुवाहटी, इन्दौर र विशाखापट्टनम सामेल छ। यसरी श्रीलंकामा म्याचहरू कोलम्बोमा हुनेछ। आईसीसीले बेंगलुरु र कोलम्बोलाई फाइनलको निम्ति सम्भावित आयोजन स्थलको रूपमा चयन गरेको छ। भारतले श्रीलंका र पाकिस्तानपछि ९ अक्टोबरमा दक्षिण अफ्रिका, १२ अक्टोबरमा अष्ट्रेलिया, १९ अक्टोबरमा ईंग्ल्याण्ड, २३ अक्टोबरमा न्यूजील्याण्ड र २६ अक्टोबरमा बंग्लादेशविरुद्ध म्याच खेल्नेछ। दुईवटा सेमिफाइनल म्याचहरू २९ र ३० अक्टोबरमा हुनेछ।











