नेपाल र निदरल्याण्डको खेल सोमबार

IMG-20250615-WA0036

काठमाडौँ: स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल सामेबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
सिरिजको पहिलो खेलमा आइतबार राति घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुनेछ। सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसको छ।
टी–२० टोलीमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंहले स्थान पाउनुभएको छ। चोटका कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउनुभएको छ। यसअघि उहाँहरुले आइसिसी लिग–२ को अन्तिम खेल पनि गुमाउनुभएको थियो।
तीन टोलीबिच लिग–२ को सिरिजपछि पुन: टी–२० सिरिज हुन लागेको हो।
लिग–२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख

About Author

Advertisement