महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिए

IMG-20250615-WA0025

काठमाण्डाै: २० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छन्। टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीको सङ्ख्या घटाएर ३० मा झारेका हुन्।
यसअघि बन्द प्रशिक्षणमा ४० जना खेलाडी बोलाइएका छन्। अब ३० जना खेलाडी साफ च्याम्पियनशिपको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो जुलाई ११ देखि २२ तारिखसम्म बङ्गलादेशमा आयोजना हुँदैछ। प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन्। नेपालले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ।
सहभागी टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन्। लिग चरण सकिएपछि अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement