नयाँ दिल्ली: भारतीय ब्याटर सरफराज खानले इण्ट्रा स्क्वाड म्याचको दोस्रो दिन भारतीय सीनियर टीमविरुद्ध भारत ए-बाट खेल्दै शतक बनाए। सरफराजले ७६ बलमा १०१ रन बनाए जबकि स्टार पेस बलर जसप्रीत बुमराहले चाहिँ प्रभाव छोड़्न सकेनन्। बुमराहले ७ ओभर बलिंग गरे पनि विकेट हासिल गर्न सकेनन्। यो इण्ट्रा स्क्वाड म्याच केण्टमा खेलिँदैछ, जसलाई ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजको तयारीहरूको निम्ति निक्कै महत्त्वपूर्ण मानिएको छ। यस म्याचलाई दर्शकहरूका अनुपस्थितिमा खेलिँदैछ अनि यसको लाइव प्रसारण भएको छैन। म्याचमा पहिला ब्याटिंग गर्दै भारतीय सीनियर टीमले ४५९ रन बनाएको थियो। जवाफमा भारत ए-ले दोस्रो दिनको खेल समाप्त हुँदासम्म ६ विकेटमा २९९ रन बनायो। ईशान किशन ४५ र शार्दुल ठाकुर १९ रनमा अविजित थिए। म्याचको दोस्रो दिन सरफराजले आफ्नो ब्याटिंगद्वारा प्रभावित गरे। उनले १५ वटा चौका र २ वटा छक्का लगाए। शतक पूरा गरेपछि अन्य ब्याटरहरूलाई मौका दिन उनी रिटायर आउट भए। ईंग्लिश परिस्थितिहरूमा सरफराजको शतक निक्कै महत्त्वपूर्म रहेको छ। यसअघि उनले ईंग्ल्याण्ड लायन्सविरुद्ध अनौपचारिक टेस्ट म्याचमा पनि ९२ रनको ईनिंग्स खेलेका थिए। यसअघि भारत ए-ले रुतुराज गायकवाड़को विकेट चाँड़ै गुमायो, जसले खाता पनि खोलेनन्। उनलाई मोहम्मद सिराजले आउट गरे। त्यसपछि अभिमन्यु ईश्वरन (३९) र साई सुदर्शन (३८ रन)-ले टीमलाई सम्हाले।
भारतीय सीनियर टीमका बलरहरूमा सिराज र प्रसिद्ध कृष्णाले असल बलिंग गरे। सिराजले ८६ रन खर्च गरी २ विकेट लिए। यसरी प्रसिद्धले पनि ४१ रनमा २ विकेट लिए। अलराउण्डर नीतिश कुमार रेड्डीलाई १ विकेट प्राप्त भयो। बुमराहको साथमा अर्शदीप सिंहले चाहिँ कुनै विकेट हासिल गर्न सकेनन्। अर्शदीपले १२ ओभर बलिंग गरेर ५२ रन खर्च गरे। म्याचको पहिलो दिन सीनियर टीमका कप्तान शुभमन गिलको साथमा केएल राहुलले ब्याटको साथ असल प्रदर्शन गरेका थिए। यी दुईले अर्द्धशतक बनाएका थिए। राहुलले यसअघि ईंग्ल्याण्ड लायन्सविरुद्ध दोस्रो अनौपचारिक टेस्ट म्याचमा पनि ११६ रनको शतकीय ईनिंग्स खेलेका थिए। गिलले पनि यस यात्रामा असल शुरुवात गरे, जो पहिलोपल्ट टेस्ट टीमको कप्तानी गरिरहेका छन्। गिलको भारत बाहिर त्यति असल रेकर्ड चाहिँ रहेको छैन। उनले ईंग्ल्याण्डमा ३ वटा टेस्ट म्याच खेलेर केवल ८८ रन बनाएका छन्। ईंग्ल्याण्डमा उनको सर्वोच्च स्कोर २८ रन रहेको छ।











