नयाँ दिल्ली: इजरायली आक्रमणमा ईरानका सेना प्रमुखको मृत्यु भएको छ। ईरानी राज्य सञ्चारमाध्यमले शुक्रबार ईरानमा भएको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर-इन-चीफ जनरल हुसेन सलामीको मृत्यु भएको जनाएको छ। इजरायलले ईरानको आणविक कार्यक्रम र लामो दूरीको क्षेप्यास्त्र क्षमतालाई लक्षित गरी आक्रमण गरेको थियो। इजरायली सैन्य अधिकारीहरूले दर्जनौं इरानी स्थलहरूलाई लक्षित गरिएको बताए।