म्यूनिख: ओलम्पिक पदक विजेता मनु भाकर र सीनियर शूटर चैन सिंहले जर्मनीको म्यूनिखमा जारी आईएसएसएफ वर्ल्ड कप आ-आफ्नो स्पर्धाको फाइनलमा स्थान बनाए पनि पोडियम स्थान हासिल गर्न सकेनन्। यसरी बुधवार भारतले एउटा पदक पनि जित्न सकेन। ओलम्पिकमा २ वटा काँस्य पदक जित्ने शूटर मनु भाकर २५ मीटर पिस्टल स्पर्धामा ८ शूटरहरूबीच भएको फाइनलमा पाँचौं स्थानमा रहिन्। यसअघि क्वालीफाईंग राउण्डमा उनले ५८८-को स्कोर गरी पाँचौं स्थान हासिल गरेकी थिइन्। चैन सिंहले क्वालीफिकेशन राउण्डमा असल स्कोरको आधारमा पुरुषहरूका ५० मीटर राइफल थ्री पोजिशन स्पर्धाको फाइनलमा स्थान बनाएका थिए तर उनी आठ शूटरहरूबीच पदक राउण्डमा सातौं स्थानमा रहे।
मंगलवार भारतले महिलाहरूकी १० मीटर एयर राइफल स्पर्धामा काँस्य पदक जितेको थियो। देशलाई एलावेनिल वलारिवानले पदक दिलाएकी थिइन्। मनु भाकरले प्रिसिशनमा २९० र ऱ्यापिड फायर राउण्डमा असल प्रदर्शन गर्दै २९८ पोइण्ट्स हासिल गरेकी थिइन् तर फाइनलमा उनले आशानुरुप प्रदर्शन गर्न सकिनन्। स्पर्धाममा चीनकी सुन युजीले ३८ पोइण्ट्सको साथ स्वर्ण पदस जितिन्। यसरी कोरियाकी ओह येजिन र यांग जिनले क्रमशः ३६ र ३२ पोइण्ट्सको साथ रजक र काँस्य पदक हासिल गरिन्। भाकर तेस्रो एलिमिनेशन राउण्डदेखि अघि बढ़्न सकिनन् अनि उनले २० पोइण्ट्सको साथ आफ्नो अभियान समाप्त गरिन्।
एशियन गेम्समा पदक विजेता तथा हालै अर्जेण्टिनाको ब्यूनस आयर्समा आईएसएसएफ वर्ल्ड कपमा काँस्य पदक जित्ने चैन सिंहले ५९२ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेर फाइनलमा स्थान बनाएका थिए। फाइनलमा चाहिँ उनी शुरुमै लड़खड़ाए अनि पदकको रेसबाट बाहिर हुने दोस्रो प्रतियोगी बने। यस स्पर्धामा भाग लिने अन्य भारतीय, पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने स्वप्निल कुसाले र अंकुश जाधव ५८७ र ५८० पोइण्ट्स लिएर क्रमशः ३८औं र ६७औं स्थानमा रहे।