आईपीएल फाइनलमा हारको जिम्मेवारी लिए नेहाल वढेराले

IMG-20250611-WA0006

नयाँ दिल्ली: आईपीएल २०२५-को फाइनलमा प्राप्त भएको हारको यादहरूले पञ्जाब किंग्सका ब्याटर नेहाल वढेरालाई अहिले पनि सताइरहेको छ। पूरा सीजनमा असल प्रदर्शन गर्ने नेहालले फाइनलमा पञ्जाबलाई जीत दिलाउन सकेनन्। रोमाञ्चक फाइनलमा पञ्जाबलाई जीतको निम्ति १९१ रनको लक्ष्य हासिल भएको थियो। जवाफमा पञ्जाबले नियमित अन्तरालमा विकेट गुमाए पनि शशांक सिंहको लड़ाइँले पञ्जाब अन्तसम्म लड़ाइँमा कायम थियो। शशांकले अन्तिम ओभरमा ४ छक्का लगाए पनि रोयल च्यालेञ्जर्स बेंगलुरुलाई ट्रफी जित्नदेखि रोक्न सकेनन्। यसरी पञ्जाबले केवल ६ रनले हारको सामना गर्नु पऱ्यो। फाइनलमा पराजित भएपछि नेहाल वढेराले चरम आलोचनाहरूको सामना गर्नु पऱ्यो कारण यस देब्रे हातका ब्याटरले १८ बल खेलेर केवल १५ रन बनाए। उनले केवल एउटा छक्का लगाउन सके। उनको धीमा ब्याटिंगले गर्दा पञ्जाबले रन रेटलाई बढ़ाउन सकेन। यस प्रदर्शनले गर्दा नेहालको निक्कै आलोचना भएको थियो। हालै एउटा साक्षात्कारमा नेहालले हारको निम्ति स्वयंलाई जिम्मेवार ठहऱ्याए। यस २४ वर्षीय खेलाड़ीले बताएअनुसार, उनले तेजीको साथ रन बनाउन सकेको भए पञ्जाबले ट्रफी जित्न सक्ने थियो। उनले भने, म आईपीएल २०२५-को फाइनलमा हारको निम्ति आफूलाई जिम्मेवार मान्छु। मैले राम्रो खेलेको भए टीमले खिताब जित्न सक्थ्यो। टुर्नामेण्टका अन्य म्याचहरूमा आवश्यकता परेको समय मैले तेजीको साथ रन बनाएको थिएँ तर फाइनलमा त्यस्तो हुन सकेन। यसरी सीजनको सबैभन्दा महत्त्वपूर्ण म्याचमा मैले चाहेको परिणाम हासिल गर्न सकिनँ। उल्लेखनीय छ, शुरुवातमा नेहाल अन्तिम एकादशको हिस्सा थिएनन् तर उनले चाँड़ै असल प्रदर्शनको साथ टीममा स्थान पक्का गरे। उनले १६ वटा ईनिंग्समा ३६९ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement