नयाँ दिल्ली: जुन ९ देखि साउदी अरेबिया, ओमान, कुवेत र बहराइनबाट सामान्य पासपोर्ट लिएका मानिसहरू भिसाबिना चीनमा प्रवेश गर्न सक्ने भएका छन्। चीनले एकतर्फी भिसामुक्त ‘साथी सर्कल’ मा नयाँ सदस्य थपेका छन्। सन् २०१८ मा खाडी अरबेली मुलुक सहयोग समितिका सदस्यहरू संयुक्त अरब इमिरेट्स र कतार र चीन बीच एक अर्कालाई भिसामुक्त गरिसकेको थियो भने हाल चीनले खाडी अरबेली मुलुक सहयोग समितिका सबै मुलुकलाई भिसामुक्त गरेको छ।
चीनले निरन्तर रुपमा भिसामुक्त नीतिलाई बढाउँदै प्रवेश सेवा र उपभोग वातावरणमा सुधार ल्याएपछि अझ बढी विदेशी पर्यटकहरु चीन आएका छन्। हालसालै सम्पन्न ड्रैगन बोट महोत्सव विदामा धेरै विदेशी पर्यटकहरुले चीनमा गैरभौतिक सांस्कृतिक परम्पराको अनुभव गरेका छन्।