इस्कन मन्दिरमा भारतीय सेनाको सम्मानमा रक्तदान शिविर

Chhetriya-Samachar-2

सिलगढी: भारतीय सेनाको गौरवशाली अभियान अंतर्गत ‘अपरेशन सिन्दूर’ को सम्झनामा सिलगढीको इस्कन मन्दिरमा रक्तदान शिविर आयोजना गरिएको छ। इस्कन मन्दिर परिसरमा आयोजित यस शिविरमा बिहानदेखि नै रक्तदान सुरु भएको बताइन्छ। मन्दिरका साधुहरूले समेत रक्तदान गरेका छन। यसपछि इस्कन मन्दिरमा आउने धेरै भक्तजनहरू पनि सो रक्तदान शिविर मार्फत रक्तदान गरे।
यस शिविर मार्फत, रक्त संकटको समाधान गर्नुका साथै, भारतीय सेनाप्रति कृतज्ञता र सम्मान व्यक्त गरिएको थियो। यस शिविरमा एएसबि डिआईंजी ए.के.सी. सिंह, दुई महिला सेना अधिकारीहरू र धेरै सेनाका कर्मचारीहरू समेत विशेष अतिथिको रूपमा उपस्थित थिए। इस्कनद्वारा उनीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement