सिलगुडी: महानन्द नदीको बगरमा एक व्यक्तिको शव फेला परेपछि भानु नगर क्षेत्रमा सनसनी फैलियो। मृतकको पहिचान अजय राई (४५) को रूपमा गरिएको छ। उनी सिलगुडी महानगरपालिकाको वार्ड नम्बर ४३ अन्तर्गत तिलक सरणी भानु नगर क्षेत्रका निवासी हुन। मृतक पेशाले एक निजी विद्यालयका बस चालक पनि हुन।
प्राप्त जानकारी अनुसार, आज बिहान घुम्न निस्केका मानिसहरूले उक्त व्यक्तिलाई नदीको छेउमा बेहोस अवस्थामा पल्टिएको देखे। यसपछि घटनाको जानकारी भक्ति नगर पुलिसलाई दिइएको थियो। खबर पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो र अनुसन्धानपछि अजय राईलाई मृत फेला पारेको थियो। साथै, उनको अनुहारमा केही चोटपटकका निशानहरू पनि भेटिएका छन्। पुलिसले शव बरामद गरी जिल्ला अस्पताल पठाएको छ, जहाँबाट पोस्टमार्टमको लागि उत्तरबाङ मेडिकल कलेज एण्ड अस्पताल पठाइएको छ।
पुलिसको प्रारम्भिक अनुमान अनुसार मृतकको हिजो राति कसैसँग झगडा भएको हुन सक्छ। यसबाट उनी घाइते भएको हुन सक्छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यो हत्या हो वा आत्महत्या भन्ने कुरा पुलिसले अनुसंधान गरी रहेको बताए।