१०.७५ करोड़ रुपियाँमा किनेर पनि नटराजनलाई किन खेलाइएन भन्ने स्पष्टीकरण दिए प्रशिक्षक बदानीले

IMG-20250608-WA0168

मुम्बई: दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक हेमंग बदानीले तमिलनाडुका पेस बलर टी नटराजनलाई आईपीएल २०२५-को सबै म्याचहरूमा किन खेलाइन भन्ने प्रश्नको जवाफ दिएका छन्। बदानीले बताएअनुसार, नटराजनलाई टीमबाट बाहिर गरिएको थिएन अनि उनी फिटनेस समस्याहरूले गर्दा अधिकांश म्याचहरूमा खेल्न सकेनन्। दिल्ली क्यापिटल्सले आईपीएल २०२५-मा १५ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेर आफ्नो अभियान समाप्त गऱ्यो। टीमले प्लेअफ्-मा स्थान बनाउन नसक्दा खेलाड़ीहरूको साथमा प्रशंसकहरू पनि निराश भए। यस अवधि म्याचहरूमा नटराजनको अनुपस्थिति चर्चाको विषय रह्यो। दिल्लीले आईपीएल २०२५-को मेगा लिलामीमा नटराजनलाई १०.७५ करोड़ रुपियाँको भारी राशिमा खरीद गरेको थियो। यसरी उनी टीममा केएल राहुल र मिचेल स्टार्कपछि तेस्रो सबैभन्दा महँगो खेलाड़ी बनेका थिए। मोटो रकम लिएर टीममा सामेल भए पनि उनी आईपीएलको अधिकांश म्याचमै प्रथम एकादशदेखि बाहिर रहे। नटराजनले पूरा सीजनमा केवल दुईवटा म्याच खेले। उनले गुजरात टाइटन्स र सनराइजर्स हैदराबादविरुद्ध टीममा स्थान पाए। गुजरातविरुद्ध उनलाई कुनै सफलता हासिल भए जबकि सनराइजर्सविरुद्ध म्याच वर्षा गर्दा रद्द भयो। पूरा सीजनमा नटराजनले केवल ३ ओभर बलिंग गरे। यसले उनको अनुपस्थिति र टीमको चयनमाथि पनि प्रश्न उठेको थियो।
तमिलनाडु प्रीमियर लीगको एउटा म्याचमा कमेण्ट्री गरिरहेका बदानीले नटराजनलाई लिएर चलिरहेको खबरहरूलाई खारेज गरे। उनले भने, हामी ११ करोड़ खर्च गरेर कुनै खेलाड़ीलाई किन बेञ्चमा राख्न सक्छौ ? हामीले नटराजनलाई विशेष रूपले मिडल र डेथ ओभर्सको निम्ति खरीद गरेका थियौं। दुर्भाग्यवश चोटमुक्त भएपछि पनि उनले शत प्रतिशत फिटनेस हासिल गर्न सकेनन् अनि पूरा सीजनमा चोटसँग जुझिरहे। यसैकारण टीमले उनलाई जबरजस्ती खेलाउने जोखिम उठाउन चाहेन। हामीले उनको स्वास्थ्यलाई प्राथमिकता दियौं। उल्लेखनीय छ, आईपीएल २०२५-मा अक्षर पटेलको कप्तानीमा दिल्लीले ेशुरुवाती ८-मा ६ वटा म्याच जिते पनि पछिबाट केवल एउटा म्याच जित्न सक्यो। नटराजनले २०२१-मा अष्ट्रेलियामा सीरीज जीतको अवधि सबैको ध्यान आकर्षित गरेका थिए। उनले भारतको निम्ति अहिलेसम्म एउटा टेस्ट, २ वटा वनडे र ४ वटा टी२०आई म्याच खेलेर जम्मा १३ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement