नयाँ दिल्ली: पूर्व क्रिकेटर तथा कमेण्टेटर आकाश चोपड़ाले भारतको आउँदो ईंग्ल्याण्ड यात्राको निम्ति पेस बलर जसप्रीत बुमराहको सीमित उपयोगमाथि आफ्नो विचार साझा गरेका छन्। भारतले ईंग्ल्याण्ड यात्रामा ५ वटा टेस्ट म्याचको हाई-प्रोफाईल सीरीज खेल्नेछ। पहिलो टेस्ट म्याच २० जूनदेखि हेडिंग्लेमा शुरु हुनेछ। भारतीय टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले टेस्ट सीरीजमा बुमराहलाई चोटबाट बचाउन सीमित प्रयोग गरिने अनि उनले अधिकतम ३ वटा टेस्ट म्याच खेल्ने पुष्टि गरेका छन्। भारतीय टीम म्यानेजमेण्टले बुमराहलाई ढाड़को चोटबाट बचाउन उनको कार्यभार प्रबन्धनमाथि विशेष ध्यान दिएको छ। अष्ट्रेलियाविरुद्ध टेस्ट सीरीजको अवधि गत जनवरीमा महिना बुमराहलाई त्यही चोटले सताएको थियो। त्यसपछि च्याम्पियन्स ट्रफी खेल्नदेखि चुके पनि बुमराहले हालै समाप्त भएको आईपीएल २०२५-मा मुम्बई इण्डियन्सबाट खेल्दै असल प्रदर्शन गरेका थिए। यस्तो स्थितिमा आकाश चोपड़ाले बुमराहको उपयोग केवल कठिन परिस्थितिहरूमा गर्ने सल्लाह दिएका छन्। चोपड़ाको भनाइअनुसार, विशेषगरी बर्मिंघम र द ओवल (दोस्रो र पाँचौं टेस्ट)-मा भारतलाई यस अनुभवी पेस बलरको आवश्यकता पर्नेछ। उनले भने, कठिन परिस्थितिहरूमा बुमराहलाई खेलाउनु आकर्षक हुनेछ कारण मुश्किल परिस्थितिमा तपाईंलाई सदा आफ्नो सर्वश्रेष्ठ खेलाड़ीको आवश्यकता पर्छ। कठिन लक्ष्यलाई पीछा गर्दै विराट कोहलीको आवश्यकता परे झैं मुश्किल बलिंग परिस्थितिहरूमा बुमराह सर्वश्रेष्ठ हुनेछन्। बर्मिंघम र द ओवलमा पीच ब्याटिंग सहायक हुनेछ अनि त्यहीँ भारतलाई बुमराहको आवश्यकता पर्नेछ। यस्ता पीचहरूमा उनले प्रभाव छोड़्न सक्छन्। ईंग्ल्याण्डविरुद्ध आउँदो टेस्ट सीरीजमा भारतलाई रोहित शर्मा, कोहली र स्पिनर रविचन्द्रन अश्विनको सेवा प्राप्त हुनेछैन, जसले टेस्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। शुभमन गिलको कप्तानीमा रहने युवा भारतीय टीममा अनुभवको कमी रहनेछ। यसबारे चोपड़ाले भने, युवा टीममाथि अपेक्षाहरूको अतिरिक्त दबाउ रहनेछ अनि यसको कामलाई अझ कठिन बनाउनेछ तर यस टीमलाई केही छूट पनि प्राप्त हुनेछ। यस टीमलाई युवा मानिएको हुनाले उनीहरूसँग केही समय रहनेछ। यसबाहेक हरेकपल्ट जीतको आशा गर्नु पनि वास्तविक हुनेछैन। अनुभवी टीममाथि जीतको दबाउ रहनेछ तर यस युवा टीममाथि अलग दबाउ रहनेछ।