यूएफा नेशन्स लीगः जर्मनीलाई पराजित गरी फाइनलमा पुग्यो पोर्तुगल

IMG-20250605-WA0154

म्यूनिख: पोर्तुगलले चरम रोमाञ्चक जीतको साथ यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। बुधवार राति म्यूनिखको आलियाञ्ज एरेनामा खेलिएको पहिलो सेमिफाइनल म्याचमा पोर्तुगलले शक्तिशाली जर्मनीलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने म्याचमा बढ़त हासिल गरे पनि जर्मनीले त्यसलाई कायम राख्न सकेन। पोर्तुगललाई यादगार जीत दिलाउन पछि दिग्गज फरवर्ड क्रिस्टियानो रोनाल्डोको महत्त्वपूर्ण योगदान रह्यो, जसले म्याचको ६८औं मिनटमा टीमको निम्ति निर्णायक गोल गरे। यस ४० वर्षीय दिग्गज खेलाड़ीले आफ्नो १३७औं इण्टरनेशनल गोलको साथ पोर्तुगलको जीत सुनिश्चित गरे। यसअघि म्याचको पहिलो हाफको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि फ्लोरियन विर्त्जले ४८औं मिनटमा दर्शनीय हेडरद्वारा गोल गरी जर्मनीलाई बढ़त दिलाए। यसरी गोल खाएको लगत्तै पछि पोर्तुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले ५८औं मिनटमा फ्रान्सिस्को ट्रिन्काओको स्थानमा फ्रान्सिस्को कोन्सेकाओलाई मैदानमा उतार्ने फसेला गरे। यसको साथमा वितिन्हाले पनि ५८औं मिनटमा तेस्रो सब्स्टीट्यूडको रूपमा मैदानमा प्रवेश गरे। वितिन्हा र कोन्सेकाओ मैदानमा ओर्लिएपछि पोर्तुगलले जर्मनीलाई दबाउ दिन शुरु गऱ्यो।

यसै क्रममा कोन्सेकाओ ६३औं मिनटमा गोल गरी पोर्तुगललाई १-१-को बराबरीमा पुऱ्याए। त्यसको ५ मिनटपछि रोनाल्डोले असाधारण दक्षताको साथ गोल गरेर पोर्तुगललाई फाइनलमा पुऱ्याए। टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा स्पेनको भिड़न्त फ्रान्ससँग हुनेछ। टुर्नामेण्टको फाइनल ९ जूनमा खेलिनेछ। यसरी तेस्रो स्थानको म्याच ८ जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement