मुसेटी र अल्काराज सेमिफाइनलमा पुग्न सफल

photocollage_20256418155937

पेरिस: लोरेञ्जो मुसेटीले आफ्नो ब्याकह्याण्डको असाधारण प्रयोग गर्दै फ्रेञ्च ओपनको क्वार्टर फाइनलमा फ्रान्सिस टियाफोलाई ६-२, ४-६, ७-५, ६-२-ले पराजित गरी पहिलोपल्ट यस टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाए। इटलीका यस २३ वर्षीय टेनिस खेलाड़ीले गत वर्ष यसै स्टेडियममा ओलम्पिकमा काँस्य पदक जितेका थिए। सेमिफाइनल म्याचमा मुसेटीको भिड़न्त गत च्याम्पियन स्पेनका कार्लोस अल्काराजसँग हुनेछ। अल्काराजले १३औं वरीयता प्राप्त टमी पललाई ६-०, ६-१, ६-४-ले सजिलैसँग पराजित गरे। महिला एकलमा तीनपल्टकी च्याम्पियन पोल्याण्डकी इगा स्वियातेकले युक्रेनकी एलिना स्वितोलिनालाई ६-१, ७-५-ले पराजित गरी सेमिफाइनलमा स्थान बनाइन्। यसरी विश्वकी नम्बर एक खेलाड़ी बेलारुसकी आर्यना सबालेंकाले क्वार्टर फाइनलमा चीनकी क्विनवेन झेंगलाई सीधा सेटमा ७-६, ६-३-ले पराजित गरिन्। सेमिफाइनलमा स्वियातेक र सबालेंकाबीच भिड़न्त हुनेछ। म्याच बिहीवार खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement