पीभी सिन्धू इण्डोनेशिया ओपनको दोस्रो राउण्डमा पुग्न सफल

IMG-20250603-WA0304

जकार्ता: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले मंगलवार संघर्षपूर्ण जीत हासिल गरी इण्डोनेशिया ओपन सुपर १००० ब्याडमिण्टन टुर्नामेण्टको दोस्रो राउण्डमा स्थान बनाइन् तर लक्ष्य सेन र एचएस प्रणय चाहिँ पहिलो राउण्डमै हारेर बाहिर भए। सिन्धूले महिला एकलमा आफ्नो चीरप्रतिद्वन्द्वी जापानकी नोजोमी ओकुहारालाई १ घण्टा १९ मिनटसम्म चलेको रोमाञ्चक म्याचमा २२-२०, २१-२३, २१-१५-ले पराजित गरिन्। म्याचपछि सिन्धूले भनिन्, पहिलो राउण्डमा जीत महत्त्वपूर्ण हुन्छ कारण यसले मेरो हौसला निश्चित रूपले बढ़्नेछ। गत केही टुर्नामेण्टहरूमा पहिलो राउण्डमा हारेकी थिएँ। आज यस प्रकारको म्याच जित्नु मेरो निम्ति उपयोगी र महत्त्वपूर्ण रह्यो। दोस्रो राउण्डमा सिन्धूको भिड़न्त थाईल्याण्डकी छैटौं वरीयता प्राप्त खेलाड़ी पोर्नपावी चोचिवोंगसँग हुनेछ। महिला एकलको अन्य एउटा म्याचमा मालविका बन्सोड़ इण्डोनेशियाकी पुत्री कुसुमा वर्दानीविरुद्ध बीचमा रिटायर भइन्। कोर्टमा चिप्लिएर लड़्दा चोट लागेर म्याच छोड़्न वाध्य हुँदा भारतीय खेलाड़ी २१-१६, १६-१५-ले अघि रहेकी थिइन्।
लक्ष्य सेनले पुरुष एकलको चरम रोमाञ्चक म्याचमा विश्वका २ नम्बरका खेलाड़ी चीनका शि यू क्यूविरुद्ध ११-२१, २२-२०, १५-२१-ले हारको सामना गर्नु पऱ्यो। म्याच १ घण्टा ५ मिनटसम्म चल्यो। ढाड़को चोटबाट मुक्त भएर लय हासिल गर्ने प्रयासमा रहने भारतका २३ वर्षीय खेलाड़ीले कड़ा चुनौती पेश गरे पनि अन्तमा हारको सामना गर्नु पऱ्यो। चोटले गर्दा उनी गत हप्ता मलेशिया ओपनको म्याचमा बीचमै हट्न वाध्य भएका थिए तर आज उनले बीच-बीचमा असल प्रदर्शन गरे। पुरुष एकलमा एचएस प्रणय पनि यस १,४५,००० डलर पुरस्कार राशि भएको टुर्नामेण्टबाट बाहिर भए। उनलाई इण्डोनेशियाका अल्वी फरहानले १७-२१, १८-२१-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement