सियाेल: दक्षिण कोरियामा राष्ट्रपति चुनावको लागि मतदान भइरहेको छ।
पूर्वराष्ट्रपति युन सुक–योललाई महाभियोग लगाइएपछि हटाइएको थियो। स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म ६२ दशमलव १ प्रतिशत मतदान भएको छ।
यस समयमा २०२२ को तुलनामा कम मतदान भएको हो। विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सूबिच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ। किम मुन युन सुक–योलको मन्त्रिपरिषद्मा मन्त्री थिए।
धेरै युवा मतदाताले देशमा निर्णायक नेता हेर्न चाहेको बताएका छन्। दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठुलो चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करसँगको व्यवहार हुनेछ। ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टीलमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
दक्षिण कोरिया अमेरिकामा स्टील निर्यात गर्ने चौथो ठुलो देश हो।