सिलिगुडी: सिक्किम तथा मेघालयका पूर्व राज्यपाल गंगा प्रसाद सिक्किम भ्रमणका क्रममा अचानक माटीगडास्थित एक निजी नर्सिङ होममा भर्ना भए। यो जानकारी पाएपछि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ उनको अवस्था बुझ्न यहाँ पुगेका थिए भनेे भाजपा विधायक सञ्जीव चौरसिया आफ्नो बुबाको अस्वस्थताको बारेमा जानकारी पाएपछि बिहारबाट सिलिगुडी आइपुगेका छन्।
“चिकित्सा आपतकालका कारण भर्ना भएका सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादलाई भेटेकाे मुख्यमन्त्री तामाङले बताए।
मुख्यमन्त्रीले श्री गंगा प्रसादको अवस्थाको बारेमा जानकारी लिएको र उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाए।
“सिक्किमका जनताको तर्फबाट, म आगामी दिनहरूमा उनको शीघ्र स्वास्थ्यलाभ र सुस्वास्थ्यको कामना गर्दछु” मुख्यमन्त्रीले भनेे।
२०१८ देखि २०२१ सम्म सिक्किमका गभर्नरको रूपमा काम गरेका गंगा प्रसाद हाल चिकित्सा हेरचाहमा छन्। परिवार र डाक्टरहरूले भनेका छन् कि उनी चाँडै निको हुनेछन्। सिक्किम राज्यको स्वर्ण जयन्ती वार्षिकोत्सवको लागि राज्यपाल गंगा प्रसाद मे २७ मा सिक्किम आइपुगेका थिए।
यस क्रममा उनी मुख्यमन्त्रीले आयोजना गरेको भोजमा पनि सहभागी भए। राज्यपाल ओमप्रकाश माथुरलाई पनि भेटेका थिए। फर्कने क्रममा उनी अचानक बिरामी परेपछि यहाँ भर्ना गरिएको हाे।