२०२५ को फ्ल्यागशिप किलर रियलमी जीटी ७ सिरिज काे लञ्च

IMG-20250530-WA0352

काेलकत्ता: रियलमी जीटी ७ मा शक्तिशाली ७,००० एमएएच ब्याट्री, १२०W अल्ट्रा चार्ज र भारतको पहिलो मिडियाटेक डाइमेन्सिटी ९४००इ चिपसेट रहेको छ। यो ८ जीबी + २५६ जीबी, १२ जीबी + २५६ जीबी र १५ जीबी + ५१२ जीबी भेरियन्टमा ३४,९९९ रुपियाँको सुरुवाती मूल्यमा उपलब्ध छ। यसको पहिलो ३० मईदेखि शुरु भइसकेको छ।
रियलमी जीटी ७ ड्रीम एडिशन एस्टन मार्टिन फर्मुला वन टिमसँगको सहकार्यमा डिजाइन गरिएको हो। यसमा प्रिमियम एस्टन मार्टिन रेसिङ ग्रीन फिनिश, एयरोडाइनामिक फ्लो लाइन डिजाइन र उठेको सिल्भर विंग्स प्रतीक छ। यो १७ जीबी + ५१२ जीबी सिंगल भेरियन्टमा उपलब्ध हुनेछ र १३ जूनबाट ४९,९९९ रुपियाँमा बिक्रीमा आउनेछ।
मिडियाटेक डाइमेन्सिटी ८४००-एम म्याक्स चिपसेट, ७,००० एमएएच ब्याट्री र आइस सेन्स ग्राफिन ब्याकद्वारा सुसज्जित, रियलमी जीटी ७टी फोन ८ जीबी + २५६ जीबी, १२ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबी भेरियन्टमा २८,९९९ रुपियाँको शुरुवाती मूल्यमा उपलब्ध हुनेछ। यसको पहिलो बिक्री पनि ३० मईदेखि शुरु भइसकेको छ।
रियलमी बड्स एयर ७ प्रोमा एआई लाइभ ट्रान्सलेटर सुविधा छ। यसमा उद्योगमै पहिलो एविएसन एलुमिनियम डिजाइन रहेको छ, जसले ४८ घण्टा ब्याट्री लाइफ प्रदान गर्दछ। यो ग्लोरी बेज, फेयरी रेड, रेसिङ ग्रीन र मेटालिक ग्रे रंग विकल्पमा उपलब्ध हुनेछ र यसको मूल्य ४,९९९ रुपियाँ हुनेछ। यसको पनि पहिलो बिक्री ३० मईमा शुरु भइसकेको छ। यी सबै उत्पादनहरू कोलकाताको एक होटलमा ३० मईमा लञ्च गरियो।
भारतीय युवाहरूमाझ सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले भारतमा आफ्नो रियलमी जीटी ७ सिरिज प्रस्तुत गरेको छ। यो सिरिज पेरिसमा आयोजित यसको ग्लोबल लञ्चका साथै भारतमा पनि लञ्च गरिएको हो। यस सिरिजको मुख्य आकर्षण हो – रियलमी जीटी ७ ड्रीम एडिशन, जुन एस्टन मार्टिन फर्मुला वन टिमको सहयोगमा बनाइएको छ। यो एस्टन मार्टिन एफ१ टिमसँग सह-ब्रान्ड गरिएको पहिलो आधिकारिक स्मार्टफोन हो।
रियलमी जीटी सिरिज विभिन्न अत्याधुनिक सुविधाहरू र प्रदर्शन सुधारसहित आएको छ। यो भारतीय प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्ने दिशामा रियलमीको अहिलेसम्मको सबैभन्दा साहसी कदम हो।
लन्चको सन्दर्भमा बोल्दै, रियलमीका प्रवक्ताले भने, “रियलमी जीटी ७ सिरिजसँगै हामी २०२५ मा फ्ल्यागशिप किलरको परिभाषालाई फेरि परिभाषित गरिरहेका छौं। यो केवल उत्कृष्ट स्पेसिफिकेसनको कुरा होइन, यो सम्पूर्ण अनुभवको कुरा हो, जुन आजका युवाहरूको रुचिअनुसार शक्ति, बुद्धिमत्ता र शिल्पकौशललाई संयोजन गर्दछ। एस्टन मार्टिन फर्मुला वन टिमसँग सहकार्यमा बनेको हाम्रो ड्रीम एडिशनदेखि लिएर एआई प्लानर र आइस सेन्स ग्राफिन कूलिङजस्ता नवप्रवर्तनसम्म, हामीले हरेक पक्षमा सीमाहरू पार गरेका छौं। जीटी ७ सिरिज अत्याधुनिक प्रविधि र प्रिमियम अनुभवहरूलाई आम प्रयोगकर्तासम्म पुर्‍याउने हाम्रो यात्रामा एक साहसी पाइला हो, ताकि सबैले सजिलैसँग उत्कृष्ट प्रदर्शनको अनुभव गर्न सकून्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement