फ्रेञ्च ओपन २०२५: नोवाक जोकोविच, अल्कारेज र गौफ क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_202563121249776

पेरिस: सर्बियाका स्टार टेनिस खेलाड़ी नोवाक जोकोविचले आफ्नो फर्म कायम राख्दै सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनको क्वार्टर फाइनलमा प्रवेश गरे। जोकोविचले चौथो राउण्डको म्याचमा ब्रिटेनका क्यामरुन नोरीलाई सीधा सेटमा पराजित गरे, जुन उनको रालाँ ग्यारोमा करियरको १००औं जीत पनि हो। करियरको २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने प्रयासमा रहने जोकोविचले नोरीलाई ६-२, ६-३, ६-२-ले पराजित गरे। जोकोविचले आफ्नो करियरमा २४ वटा ग्राण्ड स्ल्याम खिताब जितिसकेका छन्, जसमा ३ वटा फ्रेञ्च ओपनको खिताब सामेल छ। उनले यस साल क्वार्टर फाइनलसम्मको यात्रामा एक सेट पनि गुमाएका छैनन्। क्वार्टर फाइनलमा उनको भिड़न्त तेस्रो वरीयता प्राप्त जर्मनीका अलेक्जेण्डर ज्वेरेवसँग हुनेछ। प्रतिद्वन्द्वी खेलाड़ी टालोन ग्रीक्स्पूरले चोटले गर्दा बीचमै म्याच छोड़्ने फसेला गर्दा ज्वेरेवले अधिक मेहनत गर्नु परेन। ग्रीक्स्पूरले म्याच छोड़्दासम्म ज्वेरेव ६-४, ३-०-ले अघि रहेका थिए। जोकोविच स्पेनका रफायल नडालपछि फ्रेञ्च ओपनमा आफ्नो १००औं म्याच जित्ने दोस्रो खेलाड़ी बनेका छन्। नडालले रोलाँ ग्यारोमा रेकर्ड ११२ वटा म्याच जितेका छन्।
गत च्याम्पियन स्पेनका कार्लोस अल्काराजले पनि बेन शेल्टनलाई पराजित गरी पुरुष एकलको क्वार्टर फाइनलमा प्रवेश गरे। यसरी महिला एकलमा एलिना स्वितोलिनाले गत वर्षकी उपविजेता जेस्मिन पाओलिनीलाई पराजित गरिन्। दोस्रो वरीयता प्राप्त तथा ४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन अल्काराजले शेल्टनलाई ३ घण्टा १९ मिनटसम्म चलेको म्याचमा ७-६ (८), ६-३, ४-६, ६-४-ले पराजित गरे। क्वार्टर फाइनलमा अल्काराजको भिड़न्त अमेरिकाका १२औं नम्बरका खेलाड़ी टमी पलसँग हुनेछ, जसले एलेक्सी पोपरिनलाई ६-३, ६-३, ६-३-ले पराजित गरे। महिला एकल वर्गमा फ्रान्सकी गौर वरीयता प्राप्त २१ वर्षीय लुईस बोइसनले अमेरिकाकी तेस्रो वरीयता प्राप्त जेसिका पेगुलालाई उलटफेरको शिकार बनाएर क्वार्टर फाइनलमा प्रवेश गरिन्। पहिलोपल्ट फ्रेञ्च ओपनमा खेलिरहेकी वाइल्ड कार्डद्वारा प्रवेश पाउने ३६१औं ऱ्याङकिंग भएको खेलाड़ीले पेगुलालाई ३-६, ६-४, ६-४-ले पराजित गरिन्। पेगुला गत वर्ष यूएस ओपनमा उपविजेता रहेकी थिइन्। यसरी २०२३-की यूएस ओपन च्याम्पियन अमेरिकाकी कोको गौफले २०औं ऱ्याङकिंग भएकी इकेटरीना एलेक्सान्द्रोवालाई ६-०, ७-५-ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement