नयाँ दिल्ली: दक्षिण अफ्रिकी विकेटकीपर ब्याटर हेनरिक क्लासेनले सोमवार इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरेर सबैलाई चकित बनाए। क्लासेनले यसअघि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। त्यसपछि उनले दक्षिण अफ्रिकाको निम्ति वनडे र टी२० इण्टरनेशनल क्रिकेटमा ध्यान केन्द्रित गरेका थिए। उनले आफ्नो अन्तिम इण्टरनेशनल म्याच २०२५ च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा न्यूजील्याण्डविरुद्ध खेलेका थिए। क्लासेनले भने, यो मेरो निम्ति दुःखद दिन हो कारण मैले इण्टरनेशनल क्रिकेटबाट अलग हुने फसेला गरेको छु। भविष्यमा म अनि मेरो परिवारको निम्ति के असल हुनेछ भन्ने तय गर्न मलाई धेरै समय लाग्यो। यो वास्तवमा कठिन निर्णय थियो तर यस निर्णयसँग म सम्पूर्ण रूपले सन्तुष्ट छु। पहिलो दिनदेखि नै देशको प्रतिनिधित्व गर्नु मेरो निम्ति सबैभन्दा ठूलो सम्मान रह्यो, जसको मैले वाल्यकालदेखि नै सपना देखेको थिएँ। दक्षिण अफ्रिकाको तर्फबाट ३३ वर्षीय क्लासेनले २०१८-मा पदार्पण गरेका थिए। उनले आफ्नो करियरमा ४ वटा टेस्ट, ६० वटा वनडे र ५८ वटा टी२० इण्टरनेशनल म्याच खेले। उनले टेस्टमा १०४, वनडेमा २१४१ र टी२०आई-मा १००० रन बनाए। वनडेमा उनले ४ वटा शतक र ११ वटा अर्द्धशतक बनाए। यसरी टी२०आई-मा उनले पाँचवटा अर्द्धशतक बनाए। क्लासेन २०२४ पुरुष टी२० वर्ल्ड कपमा उपविजेता रहने दक्षिण अफ्रिकी टोलीका सदस्य थिए। उनले अब फ्रेञ्चाइजी लीगहरूमा खेल्न जारी राख्नेछन्।