मुम्बई विमानस्थलमा ४७ वटा विषालु सर्पसहित एक जना भारतीय नागरिक पक्राउ

IMG-20250602-WA0587

मुंबई: ४७ वटा विषालु सर्प भएको झोलासहित मुम्बई विमानस्थलमा एक भारतीय नागरिक पक्राउ परेका छन्। विषालु सर्पलगायत दर्जनौं दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा भारतीय अधिकारीहरूले एक पुरुषलाई पक्राउ गरेका बीबीसीले जनाएको छ।
थाइल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकको लगेजमा ४७ विषालु सर्पसहितका जन्तु फेला परेको हो। भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानूनअन्तर्गत ती जीवलाई सरकारले नियन्त्रणमा लिएको खबरमा उल्लेख छ। पक्राउ परेका पुरुषको परिचय खुलाइएको छैन।
कस्टम अधिकारीहरूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा फोटो राख्दै ३ वटा स्पाइडर–टेल्ड हन्र्ड भाइपर, ५ वटा एशियन लिफ टर्टल र ४४ वटा इन्डोनेशियन पिट भाइपर सर्प ती यात्रुको साथबाट फेला पारेको बताएका छन्। ती जन्तु कहाँबाट ल्याइएका हुन् भन्ने खुलेको छैन।
वन्यजन्तु भित्र्याउनु सोझै अपराध नमानिए पनि भारतको वन्यजन्तु संरक्षण कानूनले सङ्कटापन्न वा संरक्षित जीव भित्र्याउने कार्यलाई भने अवैध मान्छ। भारतमा भन्सार अधिकारीहरूले यात्रुहरूले तस्करी गरेका वन्यजन्तु फेला पर्नु अनौठो भने होइन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement