वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिए अष्ट्रेलियाको ग्लेन म्याक्सवेलले

IMG-20250602-WA0538

मेलबर्न: अष्ट्रेलियाई अलराउण्डर ग्लेन म्याक्सवेलले आउँदो साल भारत र श्रीलंकामा हुने टी२० वर्ल्ड कपमा ध्यान केन्द्रित गर्न सोमवार वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिए। म्याक्सवेलले स्वार्थी कारणहरूले मात्र खेल्न नचाहने बताएका छन् कारण उनको शरीर संघर्ष गरिरहेको छ। यस २६ वर्षीय विध्वंशी ब्याटर र पार्ट टाइम अफ् स्पिनरले अष्ट्रेलियाको निम्ति १४९ वटा वनडे म्याच खेले। आफ्नो छोटो वनडे करियरमा उनले क्रिकेट इतिहासको सर्वकालिक सर्वश्रेष्ठ वनडे ईनिंग्स खेले। म्याक्सवेलले २०२३ वर्ल्ड कपमा अफगानिस्तानविरुद्ध बनाएको दोहोरो शतकलाई वनडे क्रिकेट इतिहासको सर्वश्रेष्ठ ब्याटिंग प्रदर्शन मानिन्छ। म्याचमा अफगानिस्तानले दिएको २९२ रनको लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलिया एक समय ९१ रनमा ७ विकेट गुमाएर चरम संकटमा परेको थियो। त्यस स्थितिमा म्याक्सवेलले चरम दबाउ र भीषण गर्मीबीच चोटसँग जुझ्दै भए पनि टीमलाई यादगार जीत दिलाएका थिए। उनले म्याचमा १२८ बलमा २१ वटा चौका र १० वटा छक्काको साथ अविजित २०१ रन बनाएका थिए। उनले कप्तान प्याट कमिन्ससँग आठौं विकेटको निम्ति २०२ रनको अटूट पार्टनरशीप गरेका थिए, जसमा कमिन्सको योगदान केवल अविजित १२ रन थियो।
म्याक्सवेलले भने, मैले टीमलाई सामान्य निराश गरिरहेको जस्तो मलाई अनुभव भयो कारण शरीर परिस्थितिहरूमाथि प्रतिक्रिया गरिरहेको छ। मैले (चयन समितिको अध्यक्ष) जर्ज बेलीसँग असल कुराकानी गरे। उनले मसँग २०२७ वनडे वर्ल्ड कपमा खेल्ने इच्छाबारे सोधे। मलाई त्यस समयसम्म खेल्न सक्नेछु जस्तो लाग्दैन अनि मैले उनलाई त्यही भने। अहिले समय आएको छ। वनडे वर्ल्ड कपको निम्ति योजना बनाउनु पर्नेछ। नयाँ खेलाड़ीहरूले आफ्नो स्थिति मजबूत गर्ने मौका पाउनु पर्छ।
म्याक्सवेलले अष्ट्रेलियाको निम्ति १४९ वटा वनडे म्याचमा ४ वटा शतक र २३ वटा अर्द्धशतकको साथ ३३.८१-को औसतले ३९९० रन बनाए। यसबाहेक उनले यस प्रारूपमा ७७ विकेट पनि लिए। म्याक्सवेलले हालै पञ्जाब किंग्सको तर्फबाट आईपीएल २०२५-मा खेलेका थिए तर औंलीको चोटले गर्दा उनी बीचमै अष्ट्रेलिया फर्किएका थिए। म्याक्सवेलले भने, खेल्नको निम्ति पर्याप्त असल अनुभव भए म आफ्नो स्थिति छोड़्ने छुइनँ। यो कुरा मैले पहिला पनि भनेको छु। म केवल केही सीरीजसम्म टीममा रहन चाहदिनँ अनि स्वार्थी कारणहरूले गर्दा खेल जारी राख्न चाहदिनँ। म्याक्सवेलको १२६-को स्ट्राईक रेट वनडे क्रिकेटमा दोस्रो सर्वश्रेष्ठ हो। यस मामिलामा उनी वेष्ट इण्डिजका आन्द्रे रसेल (१३०.२२) पछि रहेका छन्। यसरी क्रिकेट अष्ट्रेलियाले एउटा बयानमा भनेको छ, म्याक्सवेलले भारत र श्रीलंकामा २०२६-मा हुने आईसीसी पुरुष टी२० वर्ल्ड कप, बिग ब्याश लीग र आफ्नो अन्य वैश्विक प्रतिबद्धताहरूको निम्ति आफ्नो तयारीहरूलाई प्राथमिकता दिने फसेला गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement