ईंग्ल्याण्डको निम्ति वनडे इण्टरनेशनलमा सर्वाधिक रन बनाउने क्रिकेटर बने जो रुट

IMG-20250602-WA0417

कार्डिफ: ईंग्ल्याण्ड क्रिकेट टीमका दिग्गज ब्याटर जो रुटले अझ एउटा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। टेस्ट क्रिकेटमा ईंग्ल्याण्डको निम्ति सर्वाधिक रन बनाएपछि यसपाली उनी वनडे इण्टरनेशनल प्रारूपमा पनि देशको निम्ति सर्वकालिक सर्वाधिक रन स्कोरर बनेका छन्। वेष्ट इण्डिजविरुद्ध कार्डिफमा खेलिएको दोस्रो वनडे म्याचको अवधि रुटले यस रेकर्डलाई आफ्नो नाम गरे। रुटले म्याचमा अविजित १६६ रनको यादगार ईनिंग्स खेले। यस अवधि ५७ रन पूरा गर्नको साथै उनले ईंग्ल्याण्डका पूर्व कप्तान इयोन मोर्गनलाई पछि छोड़े। मोर्गनले ईंग्ल्याण्डको निम्ति ६९५७ रन बनाएका थिए। रुटले अहिलेसम्म १७९ वटा वनडे म्याचमा ७०८२ रन बनाएका छन्। यसमा १८ वटा शतक र ४२ वटा अर्द्धशतक सामेल छ। उनले ४९.१८-को औसतले रन बनाएका छन्। रुटले टेस्ट क्रिकेटमा अगावै एलिस्टेयर कुकको ईंग्ल्याण्डको निम्ति सर्वाधिक रन बनाउने रेकर्ड तोड़िसकेका छन्। कुकले आफ्नो करियरमा १२४७२ रन बनाएका थिए। यसरी रुटले खेलको ५ दिने प्रारूपमा १३००६ रन बनाइसकेका छन्। उनले पाकिस्तानविरुद्ध मुल्तानमा खेलिएको टेस्ट म्याचको अवधि कुकको रेकर्ड तोड़ेका थिए। यस उपलब्धिले रुटको महानता र तक्निकी मजबूतीलाई दर्शाउँछ। ३३ वर्षीय रुटले २०१३-मा वनडे इण्टरनेशनल क्रिकेटमा पदार्पण गरेका थिए अनि २०१९-मा ईंग्ल्याण्डलाई वनडे वर्ल्ड कप च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस वर्ल्ड कपमा उनले ५५६ रन बनाएका थिए। आइतवार खेलिएको दोस्रो वनडे म्याचमा ईंग्ल्याण्डले वेष्ट इण्डिजलाई ३ विकेटले पराजित गऱ्यो। यसको साथै आयोजक टीमले ३ वटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement