गैर-ओपनिंग ब्याटरको रूपमा सूर्यकुमार यादवको सर्वाधिक रन

IMG-20250602-WA0405

अहमदाबाद: मुम्बई इण्डियन्सका स्टार ब्याटर सूर्यकुमार यादवले आईपीएल इतिहासमा एउटा असाधारण उपलब्धि हासिल गरे। उनले आईपीएलको इतिहासमा एउटा सीजनमा गैर ओपनिंग ब्याटरको रूपमा सर्वाधिक रन बनाउने रेकर्ड बनाए। सूर्यकुमारले आईपीएल २०२५-मा ७१७ रन बनाए, जुन कुनै पनि गैर-ओपनरद्वारा आईपीएलको कुनै एउटा सीजनमा बनाइएको सर्वाधिक रन हो। यस मामिलामा उनले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का पूर्व क्रिकेटर एबी डीभिलियर्सको रेकर्ड तोड़े। डीभिलियर्सले २०१६-को सीजनमा ६८७ रन बनाएका थिए। यस सूचीमा तेस्रो स्थानमा दिल्ला क्यापिटल्सका रिषभ पन्त छन्, जसले २०१८-मा ६८४ रन बनाएका थिए। यसरी चौथो स्थानमा सनराइजर्स हैदराबादका केन विलियम्सन छन्, जसले २०१८-मा ६२२ रन बनाएका छन्। पाँचौं स्थानमा सूर्यकुमार नै रहेका छन्। उनले २०२३-मा ६०५ रन बनाएका थिए।
सूर्यकुमारले आईपीएलको यस सीजनमा ६५.१८०-को औसत र १६७.९१-को स्ट्राईक रेटले रन बनाए। यसमा ५ वटा अर्द्धशतक सामेल छ। यस अवधि उनले लगातार १६ वटा म्याचमा २५ रनभन्दा अधिकको स्कोर बनाएर अझ एउटा रेकर्ड बनाए। यस उपलब्धिले उनको विस्फोटक र अनौठो ब्याटिंग शैलीलाई रेखांकित गर्छ। मुम्बई इण्डियन्सको निम्ति मध्यक्रममा खेल्दै उनको ३६० डिग्री शट् खेल्ने अनि दबाउमा रन बनाउने क्षमताले सबैलाई प्रभावित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement