मुम्बई इण्डियन्स क्वालीफायर २-मा पुग्न सफल, गुजरात बाहिर

IMG-20250531-WA0000

चण्डीगढ़: पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले एलिमिनेटर म्याचमा गुजरात टाइटन्सलाई २० रनले पराजित गरी आईपीएल २०२५-को दोस्रो क्वालीफायरमा स्थान बनायो। मुम्बईले अब १ जूनमा खेलिने दोस्रो क्वालीफायरमा पञ्जाब किंग्सको चुनौती स्वीकार्नेछ। त्यस म्याचको विजेता टीमको ३ जूनमा खेलिने फाइनलमा रोयल च्यालेञ्जर्स बेंगलुरुसँग भिड़न्त हुनेछ। मुल्लांपुरमा आज खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको विशाल स्कोर बनायो। ओपनर रोहित शर्माले सर्वाधिक ८१ रन बनाए। उनले ५० बल खेलेर ९ वटा चौका र ४ वटा छक्का लगाए। यसरी जनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३ र तिलक वर्माले २५ रनको योगदान दिए। कप्तान हार्दिक पाण्ड्याले ३ वटा छक्काको साथ ९ बलमा अविजित २२ रन बनाए। बेयरस्टोले २२ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। गुजरातका बलरहरूमा प्रसिद्ध कृष्णा र साई किशोरले २-२ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। कप्तान शुभमन गिल (१ रन)-लाई शुरुमै गुमाएपछि साई सुदर्शनले ८० रन बनाएर सक्दो प्रयास गरे पनि मुम्बईलाई जीत हासिल गर्नदेखि रोक्न सकेनन्। सुदर्शनले ४९ बल खेलेर १० वटा चौका र एउटा छक्का लगाए। वाशिंगटन सुन्दरले ५ वटा चौका र ३ वटा छक्काको साथ २४ बलमा ४८ रन बनाए। यी दुईजना बाहेक शेरफेन रदरफोर्डले २४ र कुसल मेण्डिसले २० रनको योगदान दिए। मुम्बईका बलरहरूमा ट्रेण्ट बोल्टले सर्वाधिक २ विकेट लिए। यसरी जसप्रीत बुमराहले ४ ओभरमा केवल २७ रन खर्च गरी सुन्दरको महत्त्वपूर्ण विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement